फेवा किङ्स कप भलिबल प्रतियोगिता सुरु, खेलकुद मन्त्री गुरुङले गरिन उद्घाटन
सकारात्मक, रचनात्मक र दूरगामी महत्व राख्ने खेलकुदका गतिविधिहरूलाई प्रोत्साहन गर्न प्रदेश सरकार सधैँ सकारात्मक रहेको मन्त्रीले बताइन् ।
पोखरा, ९ मंसिर । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि पोखरामा ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो दिनको खेलमा गण्डकी प्रदेश, एपिएफ क्लब र आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेको छ । पहिलो खेलमा घरेलु टोली गण्डकी प्रदेशले विभागीय




































