पोखरा गौशालामा पञ्चदिवसीय गाई पूजा

 

पोखरा, कात्तिक २३ गते ।

पोखरा महानगरपालिका–१५, मझुवास्थित पोखरा गौशाला (गौ सेवा आश्रम) मा ‘पञ्चदिवसीय गाई पूजा महोत्सव–२०८३’ को अवसर पारेर आयोजना गरिएको महोत्सवको उद्घाटनसँगै सोमबार विधिपूर्वक गाई पूजा गरिएको छ ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सांसद भक्त कुँवरले गौमाताको संरक्षण र सम्मान हिन्दु धर्म तथा संस्कृतिको संरक्षणसँग जोडिएको बताउनुभयो । उहाँले छाडा तथा बेवारिसे अवस्थामा रहेका गाईको संरक्षण गर्नु धार्मिक आस्था मात्र नभई सामाजिक र मानवीय दायित्वसमेत भएको बताउनुभयो । गौशालाले गाईको संरक्षणसँगै धार्मिक तथा सांस्कृतिक परम्पराको जगेर्नामा महत्वपूर्ण योगदान पु¥याएको उहाँको भनाइ थियो ।

गौशालाका परिकल्पनाकार नन्दगोपाल दासले स्थानीय क्षेत्रमा छाडा छोडिएका तथा बेवारिसे अवस्थामा रहेका गाईको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार सडक तथा सार्वजनिक स्थानमा असुरक्षित अवस्थामा रहेका गाईलाई आश्रय, आहार र आवश्यक हेरचाह उपलब्ध गराउने अवधारणासहित गौशाला सञ्चालनमा ल्याइएको बताउनुभयो ।

उहाँले गौशालालाई व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्न समुदाय, धार्मिक सङ्घसंस्था तथा दाताहरूको सहयोग अपरिहार्य रहेको बताउनुहुदै गौशाला पूर्ण रूपमा दाताले उपलब्ध गराउने पराल, चोकर, दाना तथा अन्य खाद्यान्न र आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवका क्रममा गौसेवाप्रेमी, धार्मिक व्यक्तित्व, समाजसेवी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले नगद तथा जिन्सी सहयोग गरेका छन् । पुम्दीकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष एवं समाजसेवी चन्द्रकान्त बरालले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको छ ।

कार्यक्रम संयोजक लक्ष्मण पौडेल (हरिओम गुरु) का अनुसार हालसम्म करिब तीन लाख रुपैयाँ नगद सङ्कलन भएको जानकारी दिनुभयो । यसैगरी गाईका लागि आवश्यक पराल, गुण, दाना, चोकर, पिठो तथा विभिन्न प्रकारका फलफूलसमेत सहयोगस्वरूप प्राप्त भएको बताउनुहुदै भाइटिकाको दिनसम्म चल्ने महोत्सवले सर्वसाधारणलाई गौशालामै पुगेर गाईको पूजा, दर्शन तथा गौसेवा गर्ने अवसर प्रदान गरेको उहाँको भनाई थियो ।

महोत्सवमा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सभापति यदुनाथ अधिकारी गौशालाले धार्मिक आस्थालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बेवारिसे गाईको संरक्षण अभियानलाई अघि बढाएको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता महेन्द्रमान वेथितले स्थानीय समुदाय, दाता तथा सामाजिक सङ्घसंस्थाको निरन्तर सहयोग जुट्न सकेमा गौशालालाई अझ व्यवस्थित बनाउँदै गाईको संरक्षण र सेवामा प्रभावकारी काम गर्न सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय (ओम शान्ति) की प्रनिता दिदी र शैलेश भाइजीले गौसेवा धार्मिक तथा आध्यात्मिक चेतनासँगै मानवीय सेवाभावको विषय भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले गौशालाले बेवारिसे तथा छाडा गाईको संरक्षणमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले धार्मिक आस्थालाई सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाइएको यस्तो अभियानको प्रचारप्रसार र प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

गौशाला सञ्चालक समितिका अध्यक्ष ललित कुँवरले तिहारमा गाईलाई धार्मिक आस्थाका साथ पूजा गर्ने परम्परालाई सहज र व्यवस्थित बनाउन महोत्सव आयोजना गरिएको बताउनुभयो ।

उहाँले तिहारको भाइटिकासम्म गौशालामा उपस्थित भई गाईको पूजा तथा संरक्षण अभियानमा सहभागी हुन श्रद्धालु र सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

यस अवसरमा दाहाल समाजकी कार्यवाहक अध्यक्ष सरस्वती दाहालको नेतृत्वमा आएको टोलीले सेलरोटी तथा प्रसाद वितरण गरेको थियो । सहभागी भक्तजनले गाईको पूजा गर्नुका साथै गौशालामा आश्रित गाईको संरक्षणका लागि सहयोगसमेत गरेका थिए ।

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा गाई पूजा, दर्शन, गौसेवा तथा सहयोग सङ्कलनका कार्यक्रम जारी रहनेछन् । 

प्रतिकृया दिनुहोस

पोखरा गौशालामा पञ्चदिवसीय गाई पूजा

 केदारेश्वर महादेव मणि सेवाश्रम समिति, पोखरा–६ को आइतबार २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिका पीठाधीश एवम् अध्यक्ष चिद्घन चैतन्य (डा.

पोखरा गौशालामा पञ्चदिवसीय गाई पूजा

पाेखरा, ८ भदौ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक आधार भएको वताएकी

पोखरा गौशालामा पञ्चदिवसीय गाई पूजा

पोखरा भाद्र ७ अन्जु बराल श्री कृष्ण जन्माष्टमीको पावन अवसरका अष्टेलियाको क्यानबेरामा विविध कार्यक्रम सहित नन्द उत्सवको तयारी गरेको छ । प्रणामी समाज

↑