यात्रामा छुटेकाे झोला र रिक्सा चालक :

भारतको नौतुनामा  ब्यक्तिगत काम सकेर म सुनौली फर्किए । मेरो साथमा एउटा झोला मात्र थियो जसमा मेरा कागजी पत्र छन् । नौतुना आउन भन्दा पहिले नाति अमनले ल्याइदिनुस भनेका केही सामग्री र चक्लेट पनि त्यसैमा थियो । सुनौली देखि बुटवल आउने क्रममा रिक्सामा त्यो झोला छुटेछ । बुटवल  आएर बस चढीसके पछि थाहा भयो । बस छुट्ने बेला भइ सक्यो रिक्सा चालक कहाँ पुग्यो खोज्ने अनि कुर्ने कुरै भएन । कागजी पत्र भन्दा पनि बच्चालाइ किन्दिएका समानकाे वढी माया लागेकाे थियाे । बस हिड्ने बेलामा अचानक एउटा फोन आयो । " बुबा कता पुग्नु भयो? म हजुरको झोला लिएर आउदै छु । मेरो रिक्सामा छुट्टाउनु भएको रहेछ । "उसले भन्याे । हिंड्न लागेको बस चालकलाई मैले फोन दिए र बस चालक उसलाई हामी भएको ठाउँको सबै विवरण बतायो र तुरुन्त आउन भन्यो । छुटेको झोलालाई करिव आधा घण्टा कुरियाे । बस चालक , बसका अन्य यात्रीले पनि आनाकानी गरेनन् । रिक्सा चालक बस भए ठाउँमै आयो र झोला मलाई झ्यालबाटै हस्तान्तरण गर्दै भन्यो " ल लिनुस हजुरकाे झोला मैले केहि चलाएको छैन चेक गर्दा हुन्छ" । हतारमा भएकाले अरु कुरा हुन पाएन । मैले  झोला लिए बस हिडी हाल्याे  । आसै मारेको झोला फेरि हातमा पर्दा आनन्द महसुस भयो । सोचे सत्य अझै मरेको छैन रहेछ । रिक्सा चालकको इमानदारीता ले मेरो मन पग्लियो ।यात्राका क्रममा सोचे कसरी भेटायो रिक्सा चालकले मेरो नम्बर र फोन गर्यो ? झोला खोलें ; डायरीमा मेरो नम्बर कतै लेखेको थिएन तर केही आफन्तको नम्बर लेखेकाे  थिए । उस्ले तिनै आफन्तलाई फोन गरेछ । न आफन्तलाई म वुटवल आएको कुरो थाहा थियाे न चालकले मेरो नाम नै ।

मेरो झोलामा भएको पासपोर्ट साइजको फोटो उस्ले भाइवरमा पठाएपछि मात्र मेरो नम्बर उस्लाइ आफन्त बाट प्राप्त भएछ । त्यसपछि तुरुन्त मलाई फाेन गरेर सहि सलामत मेरो छुटेको झोला म सामु ल्यायाे । यति धेरै  प्रक्रिया पूरा गरेर भर्खर २०/२२ वर्षको एउटा साधारण युवाले आफ्नो इमानदारीता देखायो । पाल्पा छहरा घर भइ हाल बुटवलमा रिक्सा चालक कर्मयोगी युवा इन्द्रको यो इमानदारीताले मलाई भाव विभोर बनायो । साेचे इन्द्र तिमीले मलाइ  कलियुग भएपनि  सत्य र इमान्दारिता  जिवितै रहेछ भन्ने प्रमाण दियाैं ।  सलाम छ इन्द्र तिमिलाइ तिम्रो जीवन सुखमय वितोस । शुभ आशीर्वाद !

 

प्रतिकृया दिनुहोस

यात्रामा छुटेकाे झोला र रिक्सा चालक :

मेरो जीवनका तीन घुम्तीहरू छन् । जहाँसम्म मलाई सम्झना छ,  एउटा त फिल्म इन्डष्ट्र जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन ।

यात्रामा छुटेकाे झोला र रिक्सा चालक :

कृष्णमणि बराल पोखरा : मानिस आवातजावत हुने सडक किनारको चौरमा पहिले पहिले थकाईमार्न वर, पिपलका रुख सारेर चौतारी बनाइन्थ्यो । चौतारी नजिकै पानी खाने

यात्रामा छुटेकाे झोला र रिक्सा चालक :

पोखरास्थित केदारेश्वर महादेवमणि सेवा आश्रम समितिका पिठाधीश डा. चिद्धन चैतन्यले हामी मानवभित्र आनन्द रहेको तर हामीभित्रै रहेको आनन्दमा वासनारुपी

↑