पोखराको पर्यटकीय ब्रान्ड "Pokhara , Pure As Paradise".

नेपालकै  सुन्दर, रमणीय र आकर्षक गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड तयार गरिएकाे छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले ‘पोखरा, प्योर एज प्याराडाइज’ नाम  दिएर ब्रान्ड तयार गरेको छ । बोर्डले विगतको पर्यटकीय ब्रान्ड "Paradise Pokhara" परिर्माजित ब्रान्डको रुपमा "Pokhara, Pure as Paradise" तयार गरेको हो ।

नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले जानकारी दिए ।  गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यकता महशुस गरी ब्राण्डिङको शुरुवात गरिएको डा. रेग्मी बताए ।
‘कुनैपनि पर्यटकीय गन्तव्यहरुको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ । ती विशेषतालाई समेट्दै ब्राण्डिङ गर्दा पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल सहयोग पुग्ने छ । हामीले यो प्रयास गरेका छौं । गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट ब्राण्डिङ शुरुवात गरेको र  विस्तारै अन्य गन्तव्यको पनि ब्राण्डिङ गर्दै लगिने छ बोर्डकाे याेजना छ । 
ब्राण्ड तयार गर्ने विज्ञ फर्मको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालाहरु माझ विभिन्न चरणमा प्रस्तुत गरि उनीहरुबाट राय तथा सुझावहरु संकलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई अन्तिम रुप दिइएको बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।
कोभिड–१९ ले अत्यन्त प्रभावित भएको नेपालको पर्यटनलाई कोभिड–१९ को प्रभाव कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्य पर्यटन बजारमा नयाँ उर्जाका साथ प्रवद्र्धन गर्न सरकारी तथा निजी क्षेत्र, संचारकर्मीहरु लगायतका सबै सरोकारवालाहरुको साथ मिल्ने नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशले अपेक्षा राखेको  बताए ।

प्रतिकृया दिनुहोस

पोखराको पर्यटकीय ब्रान्ड "Pokhara , Pure As Paradise".

पोखरा, ३१ श्रावण । विगत ३ वर्षको अध्ययन तथा अनुसन्धान गरी पोखराबाट सेवा प्रदान गर्दै आएको नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा. लि. ले बजारमा

पोखराको पर्यटकीय ब्रान्ड "Pokhara , Pure As Paradise".

पोखरा – ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी लोमान्थाङ घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५ सकिएको छ ।

पोखराको पर्यटकीय ब्रान्ड "Pokhara , Pure As Paradise".

आजको पञ्चाङ्ग मिति २०७९ फाल्गुन २१ गते आइतबार, इस्वीसंवत मार्च ५ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य

↑