आज विश्व रेडियो दिवस, "रेडियाे र विश्वसनीयता" यस वर्षकाे नारा :
आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ
विश्व रेडियो दिवस आज विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन २०२२ का लागि विश्व रेडियो दिवसको नारा "रेडियाे र विश्वसनीयता" तय गरिएको छ ।
संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको १०० वर्ष ( १ शताब्दी ) भएको छ ।
नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।
नेपाल जस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् ।
आज विश्व रेडियो दिवस, "रेडियाे र विश्वसनीयता" यस वर्षकाे नारा :
पोखरा, ३१ श्रावण । विगत ३ वर्षको अध्ययन तथा अनुसन्धान गरी पोखराबाट सेवा प्रदान गर्दै आएको नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा. लि. ले बजारमा
आज विश्व रेडियो दिवस, "रेडियाे र विश्वसनीयता" यस वर्षकाे नारा :
पोखरा – ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी लोमान्थाङ घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५ सकिएको छ ।
आज विश्व रेडियो दिवस, "रेडियाे र विश्वसनीयता" यस वर्षकाे नारा :
आजको पञ्चाङ्ग मिति २०७९ फाल्गुन २१ गते आइतबार, इस्वीसंवत मार्च ५ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य

प्रतिकृया दिनुहोस