हेम्जामा ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ सञ्चालनमा

पोखरा, साउन १ । पोखरा महानगरपालिका–२५, हेम्जामा स्थानीय युवा व्यवसायी बाबुराम दाहाल को नेतृत्वमा स्थापना गरिएको ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ को औपचारिक शुभारम्भ गरिएको छ। स्थानीय स्तरबाट सुरु भएको यस व्यवसायले सुरक्षित, भरपर्दो तथा गुणस्तरीय यातायात सेवा प्रदान गर्दै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बाबुराम दाहालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पृथ्वी राजमार्ग बस कम्पनि प्रा।लिका सञ्चालक एवं कोहिली टुर्स एण्ड ट्राभल्सका अध्यक्ष मेघराज त्रिपाठी प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि त्रिपाठीले नेपालमा पर्यटन उद्योगको सफलतासँग गुणस्तरीय यातायात सेवा प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्सले यात्रु सेवाको स्तर उकास्नुका साथै पर्यटन विस्तार र स्थानीय रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा धवलागिरि–गण्डकी यातायात सेवा प्रा।लिका प्रबन्ध निर्देशक राजन जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी, वडा नं। २५ हेम्जाका सभापति भरतराज अधिकारी तथा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख ज्ञानेन्द्र कुमार थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै व्यवसायको सफलताको कामना गर्नुभयो।

यसैगरी कार्यक्रममा नेकपा वडा नं। २५ हेम्जाका अध्यक्ष महादेव अधिकारी, टोल विकास समन्वय समिति–२५ हेम्जाका अध्यक्ष दीपकबहादुर थापा, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका पूर्व पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ट्राभल्सका व्यवस्थापक झलकराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन क्लासिक बेक हाउस हेम्जाका सञ्चालक कपिलराज दाहाल ले गर्नुभएको थियो।

‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, देशका विभिन्न गन्तव्यका लागि बस टिकट बुकिङ तथा सुरक्षित, सहज र भरपर्दो यात्रा व्यवस्थापन सेवा उपलब्ध गराउने जनाएको छ। यात्रुहरूको आवश्यकतालाई मध्यनजर गर्दै एकै स्थानबाट गुणस्तरीय यात्रा सेवा प्रदान गर्ने लक्ष्यसहित ट्राभल्स सञ्चालनमा आएको सञ्चालक पक्षले जनाएको छ।

यातायात सेवा केवल यात्रुलाई एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने माध्यम मात्र नभई पर्यटन, व्यापार, शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक गतिविधिको आधार स्तम्भका रूपमा रहेको छ। हेम्जाबाट सञ्चालनमा आएको ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ ले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म गुणस्तरीय यातायात सेवा विस्तार गर्दै पर्यटन प्रवर्द्धन, यात्रु सेवाको सहजता र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस

हेम्जामा ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ सञ्चालनमा

पोखरामा विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहतरुपमा हुने भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समितिले यसवर्ष श्रावण महिनाको

हेम्जामा ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ सञ्चालनमा

पोखरा, ६ जेठ । पोखरा महानगरपालिका वडा नं ६ कार्यालयको आयोजनामा सञ्चालित १५ दिने निस्शुल्क मेकअप तथा स्किन केयर तालिम सफलतापूर्वक सम्पन्न भएको

हेम्जामा ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ सञ्चालनमा

  लेखनाथ, २६ वैशाख । नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न ६० औं निर्वाचनबाट कार्यकारिणी सदस्य पदमा अत्याधिक मतका साथ निर्वाचित भएका संघका पूर्व