पोखरामा अत्याधुनिक फिजियोथेरापी तथा पुनःस्थापना सेवा सञ्चालनमा आउदै

पोखरा । आधुनिक तथा वैज्ञानिक स्वास्थ्य सेवामार्फत नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले फिजियोफिटनेस पेन एण्ड रिह्याबिलिटेशन सेन्टर ले आगामी २०८३ साल श्रावण ३ गते देखि आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याउने भएको छ। केन्द्र पोखरा महानगरपालिका–१७, बिरौटा (ड्याडिज किचेनभन्दा एक घर तल) मा अवस्थित रहेको छ। केन्द्रमा अत्याधुनिक फिजियोथेरापी तथा पुनःस्थापना सेवासँगै अर्थोपेडिक ओपीडी (Orthopedic OPD) र जनरल ओपीडी (General OPD) समेत सञ्चालनमा आउने जनाइएको छ। यसबाट हड्डी–जोर्नी, मांसपेशी, स्नायु तथा अन्य सामान्य स्वास्थ्य समस्याका बिरामीले एउटै स्थानबाट विशेषज्ञ परामर्श तथा आवश्यक उपचार सेवा प्राप्त गर्न सक्नेछन्। बदलिँदो जीवनशैली, लामो समय कार्यालयमा बस्ने बानी, खेलकुदजन्य चोटपटक, सडक दुर्घटना तथा हड्डी–जोर्नी र स्नायुसम्बन्धी समस्याका कारण फिजियोथेरापी सेवाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ। यस्ता समस्याको समयमै वैज्ञानिक उपचार गरेमा पीडा कम हुने, शारीरिक कार्यक्षमता सुधार हुने तथा दैनिक जीवनमा छिटो फर्किन सहयोग पुग्ने विश्वास केन्द्रले लिएको छ। केन्द्रमा ढाड, घाँटी, काँध, कम्मर तथा घुँडाको दुखाइ, फ्रोजन सोल्डर, स्पोर्ट्स इन्जुरी, पक्षघात (स्ट्रोक) पछिको पुनःस्थापना, नसा च्यापिने समस्या, अर्थोपेडिक तथा न्युरोलोजिकल पुनःस्थापना, शल्यक्रियापछिको पुनःस्थापना, इलेक्ट्रोथेरापी, एक्सरसाइज थेरापी (Exercise Therapy) लगायतका सेवा उपलब्ध हुनेछन्। प्रत्येक बिरामीको विस्तृत मूल्याङ्कन गरी व्यक्तिगत उपचार योजना तयार गर्ने व्यवस्था गरिएको केन्द्रले जनाएको छ। सेन्टरको औपचारिक उद्घाटन २०८३ साल श्रावण ३ गते हुने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको गरिमामय उपस्थितिका लागि केन्द्रले हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिकृया दिनुहोस

पोखरामा अत्याधुनिक फिजियोथेरापी तथा पुनःस्थापना सेवा सञ्चालनमा आउदै

पोखरा, साउन १ । पोखरा महानगरपालिका–२५, हेम्जामा स्थानीय युवा व्यवसायी बाबुराम दाहाल को नेतृत्वमा स्थापना गरिएको ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड

पोखरामा अत्याधुनिक फिजियोथेरापी तथा पुनःस्थापना सेवा सञ्चालनमा आउदै

पोखरामा विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहतरुपमा हुने भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समितिले यसवर्ष श्रावण महिनाको

पोखरामा अत्याधुनिक फिजियोथेरापी तथा पुनःस्थापना सेवा सञ्चालनमा आउदै

पोखरा, १२ असार ।      नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने