आई.सि.एम.सि फाइनान्सद्वारा मानव सेवा आश्रम हेम्जालाई सहयोग
पखरा, असार १२।
आईसिएमसि फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका–२५ स्थित मानव सेवा आश्रम, हेम्जा केन्द्रलाई खाद्यान्न सामग्री, भ्याक्युम क्लिनर तथा अन्य सरसफाइका सामग्री हस्तान्तरण गरेको छ।
मानव सेवा आश्रमले असहाय, बेसहारा, बेवारिसे तथा शारीरिक एवं मानसिक रूपमा अशक्त नागरिकहरूको उद्धार, संरक्षण, पालनपोषण तथा सम्मानजनक जीवनयापनका लागि निरन्तर सेवा गर्दै आएकाले उक्त मानवीय अभियानप्रति ऐक्यबद्धता जनाउँदै सहयोग प्रदान गरिएको आई।सि।एम।सि फाइनान्स लिमिटेड पोखरा शाखाका शाखा प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा संस्थाको निरन्तर साथ, सहयोग तथा सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहयोग हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख राजन श्रेष्ठ, कर्जा विभाग प्रमुख लक्ष्मी पौडेल, सामान्य प्रशासन विभागकी भूमिका थापा लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
हाल मुलुकभर २१ वटा शाखामार्फत अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको आई।सि।एम।सि फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले प्रदान गरेको यस सहयोगबाट मानव सेवा आश्रममा आश्रित १५२ जना बाल गोपाल तथा लक्ष्मीनारायणज्यूहरूको स्वास्थ्य, पोषण, खानपान र सरसफाइ व्यवस्थापनमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
आई.सि.एम.सि फाइनान्सद्वारा मानव सेवा आश्रम हेम्जालाई सहयोग
पाेखरा, ८ भदौ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक आधार भएको वताएकी
आई.सि.एम.सि फाइनान्सद्वारा मानव सेवा आश्रम हेम्जालाई सहयोग
पोखरा भाद्र ७ अन्जु बराल श्री कृष्ण जन्माष्टमीको पावन अवसरका अष्टेलियाको क्यानबेरामा विविध कार्यक्रम सहित नन्द उत्सवको तयारी गरेको छ । प्रणामी समाज
आई.सि.एम.सि फाइनान्सद्वारा मानव सेवा आश्रम हेम्जालाई सहयोग
पोखरा, २९ साउन । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी

प्रतिकृया दिनुहोस