पोखरा ६ मा ४३ जनालाई निस्शुल्क मेकअप तथा स्किन केयर तालिम प्रदान
पोखरा, ६ जेठ । पोखरा महानगरपालिका वडा नं ६ कार्यालयको आयोजनामा सञ्चालित १५ दिने निस्शुल्क मेकअप तथा स्किन केयर तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
गएको बैशाख १५ गतेदेखि सुरु भई २९ गतेसम्म सञ्चालन भएको उक्त तालिमको हालै एक विशेष कार्यक्रमका बीच समापन गरिएको हो। जरेबरस्थित कोपिला नेपालको सभाहलमा सञ्चालित यस सीपमूलक तालिममा ४३ जना स्थानीय प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
स्थानीय नागरिकहरूलाई आत्मनिर्भर, स्वरोजगार र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले आयोजना गरिएको यस तालिममा श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमी प्रा।लि। ले प्राविधिक सहयोग पुर्याएको थियो। एकेडेमीका दक्ष प्रशिक्षकहरूले सहभागीहरूलाई आधुनिक व्यावसायिक मेकअप र छालाको सही हेरचाह गर्ने प्रयोगात्मक विधिहरू सिकाएका थिए।
समापन कार्यक्रममा बोल्दै आयोजक तथा स्थानीय प्रतिनिधिहरूले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा अगाडि बढ्न सहभागीहरूलाई आग्रह गरे। वडा कार्यालयले आगामी दिनहरूमा पनि स्थानीयको माग र आवश्यकता अनुसार यस्ता रोजगारमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
तालिम समापनका अवसरमा सहभागी ४३ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
पोखरा ६ मा ४३ जनालाई निस्शुल्क मेकअप तथा स्किन केयर तालिम प्रदान
पाेखरा, ८ भदौ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक आधार भएको वताएकी
पोखरा ६ मा ४३ जनालाई निस्शुल्क मेकअप तथा स्किन केयर तालिम प्रदान
पोखरा भाद्र ७ अन्जु बराल श्री कृष्ण जन्माष्टमीको पावन अवसरका अष्टेलियाको क्यानबेरामा विविध कार्यक्रम सहित नन्द उत्सवको तयारी गरेको छ । प्रणामी समाज
पोखरा ६ मा ४३ जनालाई निस्शुल्क मेकअप तथा स्किन केयर तालिम प्रदान
पोखरा, २९ साउन । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी

प्रतिकृया दिनुहोस