स्याङजा माझकोटमा बृहत निशुल्क स्वास्थ शिविर हुदै

पोखरा, ९ मंसिर ।

 

“शिक्षा, स्वास्थ्य र पर्यटन प्रर्वद्धनमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ स्याङजाको माझकोटमा बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

स्याङजाको वालिङ नगरपालीका वडानम्बर ३ माझकोट वडा कार्यालयको प्राङगणमा मंसिर १६ गते हुने शिविरमा आँखा, दाँत, महिला, बाल तथा मुटु रोग सम्बन्धि चेकजाँच हुने बताएको छ । सम्बन्धित रोगका चिकित्सकहरुबाट चेकजाँच हुने शिविरमा वालिङ ३ अन्र्तगत माझकोट, सिँगारकोट, तल्लोखाल्टे, बुढाकोट, रानीस्वारा, बाँङखे, खरिचौर, कट्केरी, छापा, रयाले लगायत नजिकका वडा तथा गाँउका व्यक्तिहरुले स्वास्थ्य लाभ लिन सक्ने शिविर कार्यक्रमका संयोजक लोकेन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासी, कोल्डाँडा, राम्चे, छापा र माझकोट लगायत विद्यालयका विद्यार्थीहरुलाई समेत चेकजाँच गर्ने भएकाले करिव ५ सय जनाले स्वास्थलाभ लिने छन् ।शिविरमा गम्भिर रोग तथा अप्रेसन गर्नुपर्नेहरुका लागि भने सम्बन्धित अस्पतालले केहि प्रतिशत छुटमा गर्ने प्रतिवद्धता जनाएको संयोजक गुरुङले जानकारी दिनुभयो । “शिविरमा गम्भिर रोग र अप्रेसन नै गर्नुपर्ने भएमा अस्पताल संग समन्वय गरेर गरिनेछ” उहाँले भन्नुभयो “कति प्रतिशत सम्म छुट दिने भन्ने बारे अस्पताल संग समन्वय भईरहेको छ” ।

शिविरमा चेकजाँच पश्चात रोग पत्ता लागेका व्यक्तिहरुलाई वालिङ नगरपालीकाको सहयोगमा निशुल्का केहि औषधी समेत वितरण गर्ने बताएको छ । स्याङजा माझकोट शिवालय सम्पर्क समिति पोखराले आयोजना गरेको शिविरमा कास्की सेवा हस्पिटल पोखरा, हिमालय आँखा हस्पिटल पोखरा, कान्तिपुर डेन्टल हस्पिटल पोखराको प्राविधिक सहयोग रहेको छ भने वालिङ नगरपालीका वडा नम्बर ३ कार्यालय, माझकोट स्वास्थ्य चौकी र कालिका आमा समुह बुढाकोटले सहयोग गरेको छ । 

प्रतिकृया दिनुहोस

स्याङजा माझकोटमा बृहत निशुल्क स्वास्थ शिविर हुदै

न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो

स्याङजा माझकोटमा बृहत निशुल्क स्वास्थ शिविर हुदै

अनुसन्धाताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको

स्याङजा माझकोटमा बृहत निशुल्क स्वास्थ शिविर हुदै

पोखरा,२३ मंसिर पोखरा वडा २१ का विद्यालयहरुलाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत वडा कार्यालयको सहयोग