स्याङजाको महेन्द्र जनसहयोग आधारभुत विधालयको ५६ औं बार्षिकउत्स

 
पोखरा ८ पुस ।
स्याङजाको आरुखर्क ९ स्थानचौरमा रहेको महेन्द्र जनसहयोग आधारभुत विधालयको ५६ औं बार्षिकउत्स तथा अभिभाबक दिवस आज सम्पन्न भएको छ ।
बार्षिकउत्सको विधालय निरिक्षक भगवान ढकालले उद्घाटन गर्नुभयो । ढकालले बार्षिकउत्सको उद्घाटन गर्दै विधालयले शैक्षिक गुणब्स्तरमा सुधार गरेर विधार्थी संख्यामा पनि बृद्धी गर्न पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्रोतव्यत्ती लक्षमण शर्मा, शिक्षाप्रेमी हरि बहादुर खड्का , अक्ष्यकोषदाता बिष्ण्ुा प्रसाद बराल ,चन्द्रकान्त आचार्य लगाएतले बिधालयले शैक्षिक गुणस्तरमा ध्यान दिदै आगामी दिनमा अगाडी बढ्न आग्रह गर्नुभएको थियो ।
सो अबसरमा विधालयका प्रध्यानाध्यापक बल बहादुर गोदारले २३ लाख ३५ हजारको आम्दानी खर्च सहितको विधालयको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । साथै विधालयले २०६८ बाट विधालय व्यबस्थापन समिती, शिक्षक अभिभाबक संघ र सामाजिक क्षेत्रमा काम गरेका बिभिन्न व्यत्तित्वहरुलाई सम्मान गरेको विधालयका प्रध्यानाध्यापक बल बहादुर गोदारले जानकारी दिनुभयो । यस्तै विधालय बार्षिक परिक्षा तथा अतिरित्त कृयाकलापमा उत्कृष्ठ बिधार्थीहरुलाई सम्मान गरिएको छ । 
विधालय व्यबस्थापन समितीका अध्यक्ष हुम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक सीता रोका कार्कीले गर्नुभएको थियो ।
२०१८ सालमा स्थापना भएको विधालयमा कक्षा नर्सरीदेखी ८ सम्मा अग्रजीमाध्यमा पठनपाठन हुदै आएको छ ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal