भुमि अधिकार सम्बन्धी तिनदिने प्रशिक्षण सुरु

 

पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेश समितिको आयोजना तथा कास्की जिल्लाको व्यवस्थापनमा भूमि अधिकार सम्बन्धि तिनदिने प्रशिक्षण मंगलबारदेखि सुरु भएको छ ।

‘सुरक्षित घरवास सबैलाई, खेती योग्य जमीन किसानलाई’ भन्ने मुल नाराका साथ पोखरामा गरिब भुमिहिनको पहिलो सवाल, भुमि अभिकार सहित आत्म सम्मान सम्बन्धि गण्डकी प्रदेश स्तरिय प्रशिक्षण तथा पहिलो अभियानको गण्डकी प्रदेशका सांसद राजिव पहारीले उद्घाटन गर्दै नेकपाको सरकारले पाँच वर्ष भित्र सुकुम्वासी तथा भुमिहिनको समस्या समाधान गर्ने वताए ।

मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जीले सरकारले भूमिहिनको समस्या समाधान तर्फ कुनै कदम नचालेको कारण संगठित भई अधिकारको प्राप्तीको लागि सघंर्ष गर्दै आएको वताए ।

सामुदायिक आत्म निर्भर सेवा केन्द्रका केन्द्रिय अध्यक्ष तथा भूमि विज्ञ जगत देउजाले नयाँ ऐन नियममा भएको भूमि सम्बन्धि अधिकारको वारेमा प्रशिक्षण दिएका थिए ।

गण्डकी प्रदेशका वाग्लुङ, पर्वत, गोर्खा, तनहँु, नवलपुर र कास्की जिल्लामा गठन भएका राष्ट्रिय भूमि अधिकार मञ्चका २ जना महिला, २ जना पुरुष प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मञ्चका प्रदेश समितिकी अध्यक्ष सुनिता विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले स्वागत र संचालन प्रदेश सचिव आसबहादुर गुरुङले गरेका थिए । 

प्रतिकृया दिनुहोस

भुमि अधिकार सम्बन्धी तिनदिने प्रशिक्षण सुरु

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यका बाहिरबाट तरुल लगायत कन्दमुल धेरै नै भित्रिएकोले मूल्य घटेको हो

भुमि अधिकार सम्बन्धी तिनदिने प्रशिक्षण सुरु

  पोखरा, २९ पुस । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले आफ्ना शेयर सदस्यहरुबीच अन्तरक्रिया तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको

भुमि अधिकार सम्बन्धी तिनदिने प्रशिक्षण सुरु

पोखरा, ९ पुस ।        पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गामा रहेको नागढुङ्गा विकास समाजको आयोजना तथा कृषि विकास महाशाखाको सहयोगमा कौशीखेती