मिस पोखरा –२०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न

१८ देखी ४० वर्ष भित्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने अगृणी संस्था पोखरा जेसीजले सामुदायिक विकास क्षेत्र अन्तर्गतको वहु प्रतिक्षित कार्यक्रम मिस पोखरा कार्यक्रम २०१८ सहभागी प्रतियोगीहरुको फरक फरक विधामा उनीहरु भित्रको आ आफ्नो क्षमता अभिवृद्धि गर्दै ट्यालेन्ट प्रतिस्पर्धा गराएको हो । 
यहि आशिवन २० गते पोखरा सभागृह हलमा अन्तिम प्रतिस्पर्धा हुने गरि तय भएको सो कार्यक्रम अहिले वन्द सत्रको रुपमा विभिन्न फरक फरक विधामा विषय विशेषज्ञहरु द्धारा तालिम तथा प्रशिक्षण कार्यक्रम चलिरहेको आयोजकले जनाएको छ । अहिले सम्म, अभिमुखिकरण तथा तलिम, उत्प्रेरणा तालिम, उद्घोषण तथा वक्तृत्वकला तालिम, डान्स, हेल्थ टिप्स, वैँकिङ्ग तथा आर्थिक व्यवस्थापन, स्वास्थ्य तथा दाँत सम्बन्धि, पर्यटन, व्यक्तित्व विकास लगाएत धेरै विषयका तालिम सम्पन्न भइसकेका कार्यक्रम का मुल संयोजक तथा पोखरा जेसिजका मुल संयोजक जेसी देवराज शर्माले जानकारी दिनुभयो । 
हिमा अस एजुकेशन कल्सल्टेन्सिको मुख्य प्रायोजन र कोसेली हेल्थ सल्फ्लावर तेलको प्रस्तुती रहेको उक्त कार्यक्रमको सह प्रयोजकमा क्वीन्सफोर्ड कलेज अष्ट्रेलिया र एमाहाको रेजेड स्कुटर रहेका छन । एभरेष्ट वैँक वैकिंङ पार्टनर रहेको छ भने रेष्टुरेन्ट पार्टनरमा मुग्लान रेष्टुरेन्ट, होटल पार्टनर, पोखरा बाटीका र डाँफे होटल, क्रउन पार्टनरमा पर्वत तोला आभुषण, टेलीभिजन पार्टनरमा जनता टेलीभिजन र पोखरा टेलिभिजन, रेडियो पार्टनर विग एफ एम, मेकअप पार्टनर गुरुङ व्युटी पार्लर, ट्राभल पार्टनर, कम्युनिटि नेपाल टुर्स एण्ड ट्राभल्स, फोटोग्राफि पार्टनर एस टु प्रोडक्सन, भेनु पार्टनर, रञ्जित इभेन्ट सेन्टर, ड्रेस पार्टनर चेरिस्मा इम्पोरियम र साउन्ड पार्टनरमा एसके साउन्ड रहेको उक्त कार्यक्रमको सर्पोटेड वाइमा पोखरा महानगरपालीका र नेपाल टेलिकमको रहेको छ भने पर्माेटेड वाइमा नेपाल टुरिजम बोर्ड र परिचय एर्डभटाइजिङ रहेका छन । साथै अन्य स्पोन्सरहरुमा विग वाइन, वावा फाउन्डेसन, रारा तयारी चाउचाउ रहेको छ । 
सो कार्यक्रमका अन्य १० विधाका उपशिर्षकहरुमा मिस वेस्ट पर्सनालिटिमा वाराही इन्टरनेट टेक्नोलोजिज प्राली, वेस्ट इन्टलेक्टमा गोल्डेनगेट इन्टरनेशनल कलेज, वेस्ट क्याटवाकमा मेट्रिक्स एरिना, वेस्ट स्माइलमा लभवर्ड आइसक्रिम, वेस्ट ड्रेस चेरिस्मा इम्पोरियम, वेस्ट ट्यालेन्टमा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, वेस्ट हेयरमा द जावेद हविव, वेस्ट फोटोजेनिकमा डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टर, वेस्ट पपुलारिटिमा हाम्रो वैठक घर, मिस भ्युअर च्वाइसमा परिचय एर्डभटाइजिङले स्पोन्सर गरेको सो कार्यक्रममा ओएसिस एजुकेशन कन्सल्टेन्सि, वाटर फ्रन्र्ट रिर्सोट, फिस्टेल रिसोर्ट, पेभिलियन हिमालयन लज, ओम गार्मेन्ट, एम वे टुर्स एण्ड ट्राभल्स, दिमोर्डन अफसेट प्रेस, ट्रिनिटि एजुकेशन कन्सल्टेन्सि लागएतको स्पोन्सर रहेको छ ।  
मिस नेपाल पछिको दोस्रो ठुलो सौन्दर्य प्रतियोगीताको रुपमा चिनीने मिस पोखरा कार्यक्रम युवा नारीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने महत्वपुर्ण कार्यक्रम हो । जसबाट युवा नारीहरुले आफुभित्र रहेको क्षमतालाई प्रस्फुटन गराई समाजमा आफ्नो नेतृत्व स्थापित गर्न सक्दछन भन्ने उद्देश्ले सञ्चालित सो टलेन्ट राउण्ड कार्यक्रममा मिनु कुवर, सुरेश रानभाट र छवि सुवेदी निर्णयकको रुपमा रहनु भएको थियो । पोखरा जेसिजका अध्यक्ष शिव सुवेदीको अध्यक्षता रहेका उक्त कार्यक्रममा आस्था पाठ सुर्य केसी र स्वागत मन्तव्य विनोद भुजेलको रहेको थियो भने कार्यक्रम माथि प्रकाश कार्यक्रका मुल संयोजक तथा पोखरा जेसिका कार्यत्रकारीणी उपाध्यक्ष देवराज शर्माको र सञ्चालन सचिव शक्ति वरुवालको रहेको थियो ।  
व्युटि विथ व्रेनको स्लोगन सहित आयोजना गर्न लागीएको सो कार्यक्रमकी विजेताले यो वर्ष एक हप्ताको अष्ट्रेलिया भ्रमण गर्न पाउने छन । साथै मिस पोखरा विजेता मिस नेपालको अन्तिम प्रतिस्पर्धामा समेत स्वत प्रवेश समेत पाउने आयोजकले जनाएको छ । 

प्रतिकृया दिनुहोस

 मिस पोखरा –२०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न

अनुसन्धाताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको

 मिस पोखरा –२०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न

एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ८ विकेटले हराएको छ । प्रतियोगितामा ललितपुरको लगातार दोस्रो जित हो भने पोखराको

 मिस पोखरा –२०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न

संखुवासभा – खाँदबारी नगरपालिकामा नवजात शिशु मारेर फाल्दै गरेकी आमा पक्राउ परेकी छिन् । खाँदबारी नगरपालिका–६ मयम भन्ने ठाउँमा शिशुको हत्या गरेको