गुप्तेश्वर महिला जागरण समाजको छैंठौ अधिवेशन सम्पन्न

पोखरा ८ असोज । गुप्तेश्वर महिला जागरण समाज पोखरा–१७ छोरेपाटनको १३ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले देवी बरालको अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा ईन्दिरा आचार्य, सचिवमा धनकुमारी पौडेल, सहसचिवमा मैयाँ तिवारी, कोषाध्यक्षमा लक्ष्मी सुवेदी गौतम तथा सदस्यहरुमा लक्ष्मीदेवी सुवेदी, सरु पोख्रल, सावित्री क्षेत्री, छलीदेवी जि.सी, निर्मला आचार्य, मिना कुमारी निरौला, शान्ति पौडेल सोभिात घिमिर,े हिमा पौडेल र भिष्म श्रेष्ठ सर्व सम्मत चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गुप्तेश्वर महादेव गुफा ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले महिला जागरण समाजले विभिन्न क्षेत्रमा गरेका कार्यको प्रशंसा ब्यक्त गरे ।

सो कार्यक्रममा संस्थालाई विभिन्न कोणबाट सहयोग पु¥याउने निबर्तमान अध्यक्ष हुमकुमारी शाही, लेखनाथ बराल तथा भुवानी पौडेल सम्मान गरिएको थियो ।

त्यसैगरी गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष प्रा.डा. भूपति ढकाल“कमल”, छोरेपाटन मा.विका अध्यक्ष झपिन्द्रराज रेग्मी, बालन एवम् कला संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष खगराज शर्मा आचार्य, डेभिजफल क्लबका सह–सचिव दिपक सुवेदी, संस्थाका पुर्व सल्लाहकार लक्ष्मण बाँस्तोला, नारी उत्थान दिदीबहिनी समुहका अध्यक्ष सरिता घिमिर,े गुप्तेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष लक्ष्मी अधिकारी संस्थाकी सल्लाहकार सीता बराल, संस्थाकी संस्थापक अध्यक्ष देवी चपाई तथा सम्मानित ब्यक्तित्वहरु मध्ये लेखनाथ बराल(गोपी)ले शुभकामना ब्यक्त गरेका थिए ।

समाजकी अध्यक्ष देवीकुमारी बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ईन्दीरा आचार्यले स्वागत र सचिव धनकुमारी पौडेलले कार्यक्रम संचालन गरेकी थिइन ।

 

प्रतिकृया दिनुहोस

गुप्तेश्वर महिला जागरण समाजको छैंठौ अधिवेशन सम्पन्न

न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो

गुप्तेश्वर महिला जागरण समाजको छैंठौ अधिवेशन सम्पन्न

अनुसन्धाताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको

गुप्तेश्वर महिला जागरण समाजको छैंठौ अधिवेशन सम्पन्न

एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ८ विकेटले हराएको छ । प्रतियोगितामा ललितपुरको लगातार दोस्रो जित हो भने पोखराको