सुनगाभा बचत तथा ऋण सहकारीमा कृष्ण बहादुर थापा :

 

पोखरा, असोज ९ गते । सुनगाभा बचत तथा ऋण सहकारीको नवौ बार्षिक साधारण सभा तथा चौथौ अधिबेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा नौ सदस्य सञ्चालक समिति सर्वसम्मतरुपमा चयन भएका छन । पोखरा महानगर पालिका १८ स्थित सेदि भिलेजमा सञ्चालित सो सहकारीको उपाध्यक्ष पार्वति कोइराला, सचिब कृष्ण थापा, कोषाअध्यक्ष,राजु थापा र सदस्यहरु रमेश वहादुर थापा, सुरेन्द्र थापा, रमेश थापा (सुमन) निर्मल पहारी, निर्मल गौतम रहेका छन भने लेखा समितिको संयोजकमा राम बहादुर थापा र सदस्यहरुमा मिना थपलियम र भगवान पहारी रहेको अध्यक्ष थापाले जानकारी दिएका छन ।

       साधारण सभाको पोखरा महानगर पालिका वडा नं १८का वडा अध्यक्ष रणबहदुर थापाले गर्दैे अवकादिनहरुका सहकारीहरुको सुपरभिजन र रेखदेख महानगर पालिका को मातहत आएको बताउदै, यसका बारेमा महानगर पालिकाले छुटै निति नियम सार्वजनिक गर्ने बताएका छन । राज्य भर ३५ हजार भन्दा बढी सहकारी रहेको बर्तमान अवस्थामा आठ हजार भन्दा बढीले बचत तथा ऋण सहकारीले आर्थिक कारोबार गर्ने भएकोले सस्थाका शेयर सदस्यहरु सहकारीको आर्थिक अवस्था कस्तो रहेको छ र कस्तो ठाउँमा लगानि गरेका छन यसका बारेका बुझ्न शेयर सदस्य आग्रह गरे । उनले संस्थालाई सफल बनाउन शेयर सदस्यहरुको महत्वपूर्ण भुमिका रहने उल्लेख गरे ।

       कार्यक्रममा सर्वहित सहकारी संस्थाका अध्यक्ष सूर्य तिमिल्सीना, भावना कृर्षि सामुदायिक सहकारीका अध्यक्ष बलराम कोइराला ,समाजसेवी अंकलबहादुर थापा, उपाध्यक्ष सरिता सिग्देल र शिक्षा समितिका संयोजक पार्वति कोइराला .लगाएका बक्ताहरुले सहकारीले सेयर सदस्यहरुलाई पुरयाएको योगदानको बारेमा चर्चा गरेका थिए । सो अवसरमा सेयर सदस्यका सर्वोत्कृष्ट अंक ल्याउने छोरा छोरी र ८० बर्ष नाघेका सेयर सदस्य सहित उत्कृष्ट बचत र ऋणीहरुलाई सम्मान गरिएको थियो ।

        अध्यक्ष कृष्ण बहादुर थापाले बार्षिक प्रतिबेदन, लेखा संयोजक रामबहादुर थापा लेखा प्रतिबेदन, कोषाअध्यक्ष राजु थापाले आर्थिक प्रतिबेदन र सचिब कृष्ण थापाले प्रस्तुत गरेको प्रगति प्रतिबेदन सर्वसम्मतरुपमा पारित भएको थियो ।  

 

प्रतिकृया दिनुहोस

सुनगाभा बचत तथा ऋण सहकारीमा कृष्ण बहादुर थापा :

गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर श्री लुट बहादुर रावतले आफ्नो

सुनगाभा बचत तथा ऋण सहकारीमा कृष्ण बहादुर थापा :

 यो हप्ता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

सुनगाभा बचत तथा ऋण सहकारीमा कृष्ण बहादुर थापा :

पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय २२ औ कार्यपालिका बैठक निर्णय प्रस्ताव नं। १  सहकारी व्यवस्थापन समितिको गठन गर्ने सम्बन्धमा ्र