प्याराग्लाईडिङलाई व्यबस्थित पार्न पोखरेलीको माग :

 
पोखरा, २८ फागुन
पर्यटकिय नगरी पोखरामा पर्यटकहरुको आकषर्णको रुपमा फस्टाउदै आएको प्याराग्लाईडिङ पेशालाई दिगो रुपमा संचालन गर्नको लागि व्यबस्थित पार्न पोखरेलीहरुले माग गरेका छन ।
नेपाल हवाई खेलकुद संस्था (ना) को शनिबार पोखरामा सम्पन्न भएको १५ औं साधारण सभा तथा ७ औं महाधिवेशन उद्घाटन सत्रमा वोल्ने विभिन्न संघ संस्थाका पदाधिकारी तथा पोखरेलीहरुले पोखरामा संचालन भएको प्याराग्लाईडिलाई जिवन्त राख्न पनि समयमै व्यबस्थित पार्न आग्रह गरेका हुन । उनीहरुले विश्व बजारमा फस्टाउदै गएको साहासिक खेल मध्यको एक प्याराग्लाईडिङ पोखरामा अझ धेरै सम्भावना भएकोले पनि यस पेशालाई दिगो हुने गरी संचालन गर्न माग गरेका हुन । वक्ताहरुले प्याराग्लाईडिङलाई नियमनकारी निकायबाट प्रभावकारी ढंगले अनुगमन गर्न समेत माग गरे ।
नागरीक उड्डयन कार्यालय पोखराका प्रमुख भोला प्रसाद गुरागाईले उक्त महाधिवेसनको उद्घाटन गर्दै पोखराको प्याराग्लाईडिङ पेशा संरक्षणमा आफुहरु गम्भिर भएको बताए । पोखराको प्याराग्लाईडिङ पेशालाई संरक्षण गर्ने उद्धेश्यले २ जना प्राविधिक ज्ञानको लागि न्युजिल्याण्ड पठायर उनीहरुको सल्लाह सुझाव अनुसार आफुहरु अघि बढ्ने तयारीमा रहेको गुरागाईले जनाए ।
पोखराको प्याराग्लाईडिङको नियमनकारी निकाय क्यान भए पनि प्राविधिक हिसावले ना र हरेक प्याराग्लाईडिङ पार्ईलटहरुले नियम पालन गर्न उनले आग्रह गरे । उनले भने “ पोखरा सहितको छिमेकी जिल्लामा समेत प्याराग्लाईडिङको सम्भावना खोजिनु पर्दछ, स्वस्थ्य प्रतिष्प्रर्धा हुनुपर्दछ, सवैले जिम्मेवारी पुर्ण ढंगले काम गर्नु भयो भने हामी सवैलाई फाईदा पुग्छ ।”
राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीले पर्यटन क्षेत्रमा देखिएको अस्वस्थ्य प्रतिष्प्रर्धा हटाउन सवै व्यवसायिहरु एक हुनु पर्नेमा जोड दिए । पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले क्यानले प्याराग्लाईडिङलाई पेशालाई मर्यादित पार्न जिम्मेवारी ढंगले काम गर्न आग्रह गरे । नेपाल पर्यटन वोर्डका पुर्ण सदस्य तथा नाका सल्लाहकार टिकाराम सापकोटाले विश्व बजारमा साहासिक खेलको महत्व बढ्दै गएकाले पोखरामा यस पेशालाई संरक्षण गनूपर्ने बताए । पोखरा क्षेत्रमा ६० वटा कम्पनिहरु भए पनि नामा हाल ४८ वटा प्याराग्लाईडिङ कम्पनिहरु आवद्ध भएको महासचिव वसन्तराज दवाडीले बताए । नाका अध्यक्ष योगेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा उपाध्यक्ष सोभित बानिया, सचिव कृष्ण भण्डारी लगायले वोलेका थिए ।
उक्त अवसरमा प्याराग्लाईडीङको प्रि–वल्र्ड कप अन्र्तगत इण्डोनेशियामा हालै च्याम्पीयन भएको नेपाली टिम, भारतको उत्तराखण्डमा सहभागि खेलाडीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेपाली पहिलो प्याराग्लाईडीङ पाईलट राजेश वम्जन, रविन गुरुङ, विमल अधिकारी, विशाल थापा, शुसिल गुरुङ, सुविन राना मगर, युकेस गुरुङ, देशविर जिम्मी र एक महिला खेलाडी कृशु पौडेल रहेकी छन । नेपाली टिमलाई प्रशिक्षण अजय कुमार शर्माले गराएका थिए । त्यसै गरी उत्तराखण्डमा सहभागि खेलाडीहरु अनिस भट्टराई, शेर बहादुर गुरुङ, नुरेन गुरुङ, निशीम थापा, सुरज थापा, विजय दाहाल र असिम थापा रहेका थिए । 
 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal