तान्जानियाको लेक भिक्टोरिया दुर्घटनामा १३६ को ज्यान गुम्यो

तान्जानियाको लेक भिक्टोरियाको फेरी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या कम्तीमा १३६ पुगेको छ ।

तान्जानियाका सरकारी अधिकारीहरुले शुक्रबार अबेरसम्ममा १३६ को ज्यान गएको र पानीमा डुबेको आशंका गरिएका २ सय जनाको अवस्था अझै अज्ञात रहेको जनाएका छन् ।


हराइरहेकाहरुको खोजी कार्य शुक्रबार दिनभर चले पनि राति भने रोकिएको छ । शनिबार बिहानबाट पुनः खोजी कार्य शुरु हुने त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले खबर प्रकाशमा ल्याएका छन् ।

१ सय यात्रुको क्षमता भएको फेरी क्षमताभन्दा कैयौं गुणा बढी  बोकेका कारण डुबेको अनुसन्धानबाट खुलेको छ । फेरी ४ सय खचाखच यात्रु बोकेर गन्तव्यतर्फ लम्केको बताइए पनि यकिन संख्या अझैसम्म खुलेको छैन ।

तान्जानियामा पटकपटक ठूला फेरी दुर्घटना हुँदै आएका छन् । सन् १९९६ मा भएको भयानक दुर्घटनामा ८ सय जनाले ज्यान गुमाएका थिए । धेरैजसो दुर्घटना क्षमताभन्दा धेरै यात्रु बाेक्दा हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस

तान्जानियाको लेक भिक्टोरिया दुर्घटनामा १३६ को ज्यान गुम्यो

बिश्वभर ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईंदै छ । सन् १९४८ मा मानव अधिकारको विश्वब्यापी घोषणापत्र जारी भएपछि विश्वभरी डिसेम्बर १० तारीखका दीन

तान्जानियाको लेक भिक्टोरिया दुर्घटनामा १३६ को ज्यान गुम्यो

यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् । ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले विश्व

तान्जानियाको लेक भिक्टोरिया दुर्घटनामा १३६ को ज्यान गुम्यो

चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ । एक महिनादेखि विभिन्न विधामा भैरहेको प्रतियोगिताका