२४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु :

झापा – झापाको मेचीनगर नगरपालिका–१०, घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । 

वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स जानुभएकी उहाँको गएको भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिनुभयो । 

सङ्गीताको शव शनिबार बिहान घर ल्याइपुर्‍याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताउनुभयो । 

मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स जानुभएको थियो ।

प्रतिकृया दिनुहोस

२४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु :

बिश्वभर ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईंदै छ । सन् १९४८ मा मानव अधिकारको विश्वब्यापी घोषणापत्र जारी भएपछि विश्वभरी डिसेम्बर १० तारीखका दीन

२४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु :

यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् । ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले विश्व

२४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु :

चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ । एक महिनादेखि विभिन्न विधामा भैरहेको प्रतियोगिताका