पोखराको लेकसाइडमा १३ बर्षीय बालकको घाटी रेटेर हत्या

शिव थापा , रेडियो सफलता१०३.४ मेघाहर्च पोखरा - ७ , मासबार ,माघ -२९

 

पोखराको लेकसाइडमा मंगलबार एक १३ बर्षीय बालकको हत्या भएको छ ।

पाल्पा घर भइ लेकसाइडमा आमा बाबा सँग बस्दै आएका सचिन सिनजालीको घाँटी रेटेर हत्या गरेको अवस्थामा हल्लनचोक स्थित निर्माणाधीन भवनमा शब् फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले बताएका छन् ।

बालकको सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर हत्या भएको हुनसक्ने  कार्कीले बताए ।

हल्लनचोकको चिल्लिवार रेस्टुरेन्ट अगाडि निर्माणाधीन भवनको भुइँ तलामा सडक बालबालिकाहरु सुत्ने गरेको पाइएको र बालकको सुतिरहेको अवस्थामा हत्या भएको हुनसक्ने डिएसपी कार्कीले बताए ।

घटना रातिको समयमा घटेको र आफुहरुले राति २स्३० बजे घटनास्थलमा आएर अनुसन्धान थालेको बताउदै डिएसपी कार्कीले एक जना संकास्पद व्यक्तिलाई नियन्त्रमा लिएको बताए । घटनामा सडक बालबालिकाको संलग्नता रहेको पनि हुन् सक्ने जनाउदै   अनुसन्धान भइरहेकोले अहिले यसै हो भन्न  नसकिने डिएसपी कार्कीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

पोखराको लेकसाइडमा १३ बर्षीय बालकको घाटी रेटेर हत्या

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

पोखराको लेकसाइडमा १३ बर्षीय बालकको घाटी रेटेर हत्या

नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीद्वारा दृष्टिविहिन व्यक्ति तथा उनीहरुका अभिभावकहरुका लागि दृष्टिविहिनहरुको अगुवाइमा गठित दृष्टिविहिन नमूना

पोखराको लेकसाइडमा १३ बर्षीय बालकको घाटी रेटेर हत्या

 शिव थापा , रेडियो सफलता१०३.४ मेघाहर्च पोखरा - ७ , मासबार ,०३ सरकारले सामाजिक सञ्जाल प्रयोगलाई कडाइ गर्ने भएको छ । सामाजिक सञ्जालको दूरुपयोगका कारण