सिद्धार्थ बहुमुखि क्याम्पसमा सरस्वतीको मन्दिर स्थापना

माघ २७,पोखरा

स्याँग्जाको फेदीखोलास्थित सिद्धार्थ सामुदायिक बहुमुखि क्याम्पसमा सरस्वतीको मन्दिर स्थापना गरिएको छ । झण्डै तीन वर्षदेखि निर्माण कार्य शुरु गरिएको मन्दिरमा आइतबार सरस्वती पुजाकै दिनदेखि पुजाआज शुरु गरियो । मन्दिरमा राखिएको सरस्वतीको मूर्तीमा आइतबारनै पुजाआजा गरि प्राण प्रतिस्थापन गरिएको थियो । झण्डै साढे पाँच लाख खर्चमा उक्त मन्दिर निर्माण सम्पन्न भएको हो ।

यसैविच मन्दिरमा राखिएको सरस्वतीको मूर्ती दाता पोखरा–७ मुस्तानचोकका प्रकास केसीलाई सोही समारोहका विच सम्मान गरिएको छ । मन्दिर निर्माण समितिका संयोजक टंक गौतमले केसीलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरे । सम्मान ग्रहण गर्दै समाजसेवी केसीले समाज विकासका लागि सधै नेताहरुको मुख ताक्नु भन्दापनि सामाजिक अगुवाहरुनै अग्रसर बन्नुपर्नेमा जोड दिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रकाश गौतमले मन्दिर क्याम्पस प्राङ्गमा निर्माण भएतापनि यो सबैको साझा हुनुपर्ने बताए । सोही समारोहमा बेलायतमा रहेकि स्थानिय निलम गुरुङ्गले क्यामपस विकासका लागि पठाएको २५ हजारु रुपैयाँ उनका दाजु राजेन्द्र गुरुङ्गले गौतमलाई हस्तान्तरण गरे । त्यस्तै, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णबहादुर खड्काले मन्दिरमा आवश्यक घण्टि खरिदका लागि ८ हजार रुपैयाँ सहयोग प्रदान गरे ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिवाकर सुवेदी, चण्डि डाँडा माविका अध्यक्ष नरकाजी गुरुङ्ग, दान दाता राजेन्द्र गुरुङ्ग, धार्मिक व्यक्तित्व बेगम गौतम, लगायतले शिक्षाको महत्वका बारेमा प्रकास पारेका थिए । क्याम्पस प्रमुख हुमनाथ शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सिद्धार्थ बहुमुखि क्याम्पसमा सरस्वतीको मन्दिर स्थापना

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

सिद्धार्थ बहुमुखि क्याम्पसमा सरस्वतीको मन्दिर स्थापना

नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीद्वारा दृष्टिविहिन व्यक्ति तथा उनीहरुका अभिभावकहरुका लागि दृष्टिविहिनहरुको अगुवाइमा गठित दृष्टिविहिन नमूना

सिद्धार्थ बहुमुखि क्याम्पसमा सरस्वतीको मन्दिर स्थापना

 शिव थापा , रेडियो सफलता१०३.४ मेघाहर्च पोखरा - ७ , मासबार ,०३ सरकारले सामाजिक सञ्जाल प्रयोगलाई कडाइ गर्ने भएको छ । सामाजिक सञ्जालको दूरुपयोगका कारण