एम्नेस्टी इन्टरनेसनल नेपालले पोखरामा मानवअधिकार शिक्षासम्बन्धी समीक्षात्मक कार्यशाला आयोजना गर्दै :

पोखरा, २५ माघ
विश्वव्यापी मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले माघ २६ गते पोखरामा मानवअधिकार शिक्षासम्बन्धी समीक्षात्मक कार्यशाला आयोजना गर्दैछ । कार्यशालामा एम्नेस्टी नेपाल आबद्ध नेपालभरीका विभिन्न समूह र युवा सञ्जाल(Youth Network)का ७० जनाले सहभिगता जनाउँदैछन् । 
एम्नेस्टी नेपालले सन् २०१८ देखि विद्यालयमा मानवअधिकार शिक्षाू (Human Rights Education in Schools) अभियान सञ्चालन गरीरहेको छ । सन् २०१८ मा एम्नेस्टी नेपालले विभिन्न समूह र युथ नेटओर्कका आफ्ना ६५ जना सदस्यहरूलाई दुई चरणको मानवअधिकार शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रममार्फत प्रशिक्षित गरी एक जना प्रशिक्षकले कम्तिमा ५ वटा विद्याल ररवा कलेज तथा ५०० विद्यार्थीसम्म पुगी उनीहरूलाई आधारभूत मानवअधिकारका विषयमा जानकारी गराई विभिन्न जानकारीमूलक सामग्रीहरू वितरण गर्न खटाएको थियो । 
सन् २०१८ को अन्त्यसम्ममा नेपालभरी कम्तिमा ३० हजार विद्यार्थीमाझ मानवअधिकारसम्बन्धी चेतनात्मक अभियान गर्ने लक्ष राखिएकोमा एम्नेस्टी नेपालले उक्त अवधिमा २० हजार विद्यार्थीलाई उक्त सचेतनात्मक अभियानमा जोड्न सफल भएको छ । 
माघ २६ मा हुने समीक्षात्मक कार्यशालामा एम्नेस्टी नेपालले आफ्ना स्थानीय प्रशिक्षकहरूसँग सन् २०१८ मा भएका गतिविधिहरूको सिकाइ, त्यस क्रमका चुनौती तथा भावी कार्ययोजना आदिका बारेमा सघन छलफल हुने एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले जानकारी दिनुभयो । 
एम्नेस्टी नेपालले मानवअधिकार शिक्षालाई आफ्नो एक प्रमुख अभियान बनाएको पनि निर्देशक थपिलयाले बताउनुभयो । मानवअधिकार संस्कृति घर, समाज विद्यालय र स्थानीय स्तरमा प्रत्येक व्यक्तिको आफ्नो व्यवहार, संस्कृति र सोचबाट सुरू हुने भएकोले सानै उमेरदेखि बालबालिकालाई मानवअधिकारका बारेमा जानकार बनाई यी विषयवस्तुहरूलाई आत्मसात गरी अभ्यास गर्न प्रेरित गर्न र सुसंस्कृत नागरिक बनाउन एम्नेस्टी नेपालले स्कूल तथा कलेजको पाठ्यक्रममानै मानवअधिकारलाई समावेश गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारसँग पैरवी गर्ने लक्ष राखेको छ ।     


 

प्रतिकृया दिनुहोस

एम्नेस्टी इन्टरनेसनल नेपालले पोखरामा मानवअधिकार शिक्षासम्बन्धी समीक्षात्मक कार्यशाला आयोजना गर्दै :

पोखरा, माघ २८ । अवैधानिक तवरले सरकारले तोके भन्दा बढि शुल्क लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थीले विगत ११ दिनदेखि थालेको आन्दोलनमा अखिल

एम्नेस्टी इन्टरनेसनल नेपालले पोखरामा मानवअधिकार शिक्षासम्बन्धी समीक्षात्मक कार्यशाला आयोजना गर्दै :

पोखरा महानगरपालिका वडा नं. १६, बाटुलेचौरमा रहेको हिमालय क्लव र तनहुँ जिल्ला आँवुखैरेनी गाउँ पालिका वडा नं. ३ मा रहेको मस्र्याङदी युथ क्लव विच मैत्री

एम्नेस्टी इन्टरनेसनल नेपालले पोखरामा मानवअधिकार शिक्षासम्बन्धी समीक्षात्मक कार्यशाला आयोजना गर्दै :

माघ २७,पोखरा स्याँग्जाको फेदीखोलास्थित सिद्धार्थ सामुदायिक बहुमुखि क्याम्पसमा सरस्वतीको मन्दिर स्थापना गरिएको छ । झण्डै तीन वर्षदेखि निर्माण