युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जित्यो :

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जितेको छ ।

दुबई स्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले जितको लागि दिएको १०५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९० रन बनाउन सकेको थियो ।

युएईको लागि ब्याटिङमा साईमन अनवारले ३० , गुलाम अब्बेरले २५ र सिपि रिजवानले रनको योगदान दिए पनि टिमलाई जित दिलाउन सकेनन ।बलिङतर्फ नेपालका करन केसिले र अभिनास बोहरा र ललित राजबन्सिले समान २(२ तथा सन्दिप लामिछाने र सोमपाल कामीले समान १(१ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाललै निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो ।नेपालको लागि ब्याटिङमा सन्दिप जोरा र कप्तान पारस खड्काले विस्पोटक पारी खेलेका थिए ।

शुन्य रनमै पवन सराफलाई गुमाएको नेपालको लागि सन्दिप जोराले ११ बलमा ३ छ्क्का सहित २८ , कप्तान पारस खड्काले १४ बलमा ४ चौका र १ छ्क्का सहित २९ , ज्ञानेन्द्र मल्लले ११ , बिनोद भण्डारीले २१ र करन केसिले १० रनको योगदान दिएका थिए ।

पानी परेपछि दुबै तर्फ १०(१० ओभरमा घटाईएको खेल ढिलो गरी सुरु भएको थियो ।

तिन खेलको सिरिजमा पहिलो खेल २१ रनले गुमाएको नेपालले दोस्रो खेलमा ४ रनको जित निकालेको थियो।

प्रतिकृया दिनुहोस

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जित्यो :

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जित्यो :

पोखरा, ४ फागुन । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारीलाई तिब्र

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जित्यो :

प्रेम दिवस बिशेस #ValentineSpecial  शिब सतिको प्रेम एक जन्म मात्र होइन अर्को जन्म सम्म निरन्तर जुगौ जुगु बाचेको छ शिब पार्वती को स्वरुपमा।  आफ्नो प्रेमी को