सामसुङ ग्यालेक्सी जे सिरिजका स्मार्टफोन बन्द गर्ने तयारी

दक्षिण कोरियाली कम्पनी सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोनको उत्पादन बन्द गर्ने तयारी गरेको छ ।

जे सिरिजलाई फेज आउट गरी ए सिरिजका स्मार्टफोनको विस्तार गर्ने योजना सामसुङको रहेको छ । ए सिरिजका स्मार्टफोनहरु जे सिरिज भन्दा महंगा हुन्छन् । अब जे सिरिजलाई बन्द गरी कम मूल्यका स्मार्टफोनको हकमा पनि ए सिरिजलाई विस्तार गर्ने सामसुङको योजना छ ।

समाचार अनुसार जे सिरिज हटेसँगै कम मूल्यमै ए सिरिजका गुणस्तरीय स्मार्टफोन उपलब्ध हुनेछन् । जसका कारण सामसुङले चिनिया स्मार्टफोनहरुसँग सहज रुपमा प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ ।

अर्को एक समाचार अनुसार जे सिरिज हटाएसँगै सामसुङले एम सिरिजका स्मार्टफोन लञ्च गर्नेछ । जसले भारतीय तथा चिनियाँ बजारमा आफ्नो मजबुत पकड कायम गर्ने अपेक्षा सामसुङको रहेको छ ।

एम सिरिज मार्फत नाफा बढाउने भन्दापनि बजारमा आफ्नो उपस्थितिलाई बढाउने योजना सामसुङले बनाएको छ । यद्यपि, यस विषयमा सामसुङले आधिकारिक पुष्टि गरेको छैन ।

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

सामसुङ ग्यालेक्सी जे सिरिजका स्मार्टफोन बन्द गर्ने तयारी

 पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न