युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जित्यो :

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जितेको छ ।

दुबई स्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले जितको लागि दिएको १०५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९० रन बनाउन सकेको थियो ।

युएईको लागि ब्याटिङमा साईमन अनवारले ३० , गुलाम अब्बेरले २५ र सिपि रिजवानले रनको योगदान दिए पनि टिमलाई जित दिलाउन सकेनन ।बलिङतर्फ नेपालका करन केसिले र अभिनास बोहरा र ललित राजबन्सिले समान २(२ तथा सन्दिप लामिछाने र सोमपाल कामीले समान १(१ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाललै निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो ।नेपालको लागि ब्याटिङमा सन्दिप जोरा र कप्तान पारस खड्काले विस्पोटक पारी खेलेका थिए ।

शुन्य रनमै पवन सराफलाई गुमाएको नेपालको लागि सन्दिप जोराले ११ बलमा ३ छ्क्का सहित २८ , कप्तान पारस खड्काले १४ बलमा ४ चौका र १ छ्क्का सहित २९ , ज्ञानेन्द्र मल्लले ११ , बिनोद भण्डारीले २१ र करन केसिले १० रनको योगदान दिएका थिए ।

पानी परेपछि दुबै तर्फ १०(१० ओभरमा घटाईएको खेल ढिलो गरी सुरु भएको थियो ।

तिन खेलको सिरिजमा पहिलो खेल २१ रनले गुमाएको नेपालले दोस्रो खेलमा ४ रनको जित निकालेको थियो।

प्रतिकृया दिनुहोस

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जित्यो :

पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ ।  तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जित्यो :

नेपालको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ आउदो फागुन ९ गते देखि पोखरामा हुने भएको छ । १७ औं संस्करणको उक्त प्रतियोगिता फागुन १८

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जित्यो :

पोखरा २ माघ । कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा पुस ३० गते बाट लागेको ऐतिहासिक माघे संक्रान्ति मेला माघ २ गते सम्पन्न भएको छ । आन्तरिक पर्यटन