पाँच दिने व्यवसाय व्यवस्थापन तथा व्यवसाय सुधार तालिम सम्पन्न :

पोखरा–७, मासवारमा रहेको औद्योगिक ब्यबसाय बिकास प्रतिष्ठान पोखरा कार्यालयले महिला उद्यमीहरुलाई पाँच दिने व्यवसाय व्यवस्थापन तथा व्यवसाय सुधार तालिम प्रदान गरेको छ ।
व्युटि पार्लर एशोसियसन कास्की पोखराको सहकार्यमा  भएको उक्त तालिममा कास्की, स्याङ्जा लगाएतका व्युटिपार्लर, कस्मेटीक, फेन्सी, सिलाई बुनाई लगाएतको पेशा व्यवसाय गरिरहेका २५ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो।
सहभागीहरुलाई औद्योगिक ब्यबसाय बिकास प्रतिष्ठान कार्यालय प्रमुख रामप्रसाद तिवारीले व्यवसायी र ग्राहक विचको सम्बन्ध, व्यवसायको विकास तथा विस्तार गर्ने सम्बन्धि आदिको वारेमा प्रशिक्षण दिएका थिए ।

व्युटि पार्लर एशोसियसन कास्कीकी अध्यक्ष कल्पना कोइरालाले तालिमले व्यवसायीहरुलाई हौसला मिलेको वताईन ।
सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको उक्त कार्यक्रम औद्योगिक ब्यबसाय बिकास प्रतिष्ठान कार्यालय प्रमुख रामप्रसाद तिवारीको अध्यक्षतामा भएको थियो ।

व्युटि पार्लर एशोसियसन कास्कीकी सचिव बबिता केसी कार्कीले संचालन गरेको कार्यक्रममा स्वागत समिता श्रेष्ठले गरेकी थिइन्।
 

प्रतिकृया दिनुहोस

पाँच दिने व्यवसाय व्यवस्थापन तथा व्यवसाय सुधार तालिम सम्पन्न :

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

पाँच दिने व्यवसाय व्यवस्थापन तथा व्यवसाय सुधार तालिम सम्पन्न :

नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीद्वारा दृष्टिविहिन व्यक्ति तथा उनीहरुका अभिभावकहरुका लागि दृष्टिविहिनहरुको अगुवाइमा गठित दृष्टिविहिन नमूना

पाँच दिने व्यवसाय व्यवस्थापन तथा व्यवसाय सुधार तालिम सम्पन्न :

 शिव थापा , रेडियो सफलता१०३.४ मेघाहर्च पोखरा - ७ , मासबार ,०३ सरकारले सामाजिक सञ्जाल प्रयोगलाई कडाइ गर्ने भएको छ । सामाजिक सञ्जालको दूरुपयोगका कारण