पोखरा ट्रेड मल दशै तिहार उत्सव २०७५

पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा अवस्थित  पोखरा ट्रेड मल पोखरामै विभिन्न पेसा व्यवसाय गरेर बसेका विभिन्न व्यक्तिहरुको सामूहिक लगानीको व्यापारिक भवन हो । घरायसी र अन्य सामान किन्न बजारका विभिन्न स्थानमा भौतारिनु पर्ने अवस्थालाई अन्त्य गर्ने हेतुले पोखरा ट्रेड मल सञ्चालनमा ल्याइएको हो । २०७२ असोज २६ गते औपचारिक रुपमा सञ्चालनमा आएको र नुनदेखि सुन सम्मका सामान एकै छानोमुनि पाइने भएकाले धेरै ग्राहकको मन जित्न समेत सफल भइसकेको छ ।

       मलमा आउने ग्राहकहरुलाई मध्यनजर गरि मल व्यवस्थापन साथै ब्यवसायीहरु मिली विभिन्न अवसर पारी ग्राहकमुखि कार्यक्रमहरु सञ्चालन गर्ने गरेको यहाँहरु लाई जानकारी भएकै विषय हो । मलको औपचारीक शुभारम्भ देखिनै विभिन्न चाड पर्व तथा नयाँ वर्षको अवसर पारी विभिन्न ग्राहक लक्षित कार्यक्रम संचालन गर्दै आईरहेको छ । मलले संचालन गर्ने यस्ता कार्यक्रमहरुमा उपहार मात्र नभै मलमा आउने ग्राहकका लागि कार्यक्रमका अवसरमा गरिने विभिन्न खाले मनोरन्जनका कार्यक्रमले पनी ग्राहकको मन जितेको महशुस गरेका छौं । विगतका यिनै सफलताका साथै ग्राहकको चाहाना बमोजिम मल मलमा आउने ग्राहकले विभिन्न अवसरहरु मनाउने थलोको रुपमा मललाई चिनाउन पनि मलभित्र बिभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका छौं । यसैको निरन्तरता स्वरुप नजिकिदै गरेको महान चाड दशै, तिहार र छठ लगाएतका पर्वहरुको अवसरमा मलले दशै तिहार उत्सव २०७५ कार्यक्रमको घोषणा गर्न पाउदा हामिलाई अन्यन्त खुसी लागेको छ ।

       यस अन्तरगत वम्पर उपहारको साथमा हात खाली नजाने स्त्र्mयाच कुपनको विशेष उपहार योजना रहेको छ । यस पटकको उपहार योजनामा ग्राहकको लागि १० लाख बराबरकोे उपहारको व्यवस्था गरेका छौं । बम्पर उपहार योजनामा सहभागी हुनको लागि मलमा आउने ग्राहकले न्यूनतम रु ५००÷– को सामान खरिद गरे पुग्दछ भने स्त्र्mयाच कुपनमा सहभागी हुनको लागि रु ५०००÷– को सपिङ गर्नु पर्दछ ।

       बम्पर उपहारमा १ लाख एक जनालाई र रु १० हजार ५ जनालाई साथै स्त्र्mयाच कुपनमा रु ५० हजार सम्मकोे नगद तथा सपिङ भौचरको उपहार ग्राहकले जित्न सक्नेछन् । यस लगायत सेल्फी प्रतियोगिता, खाने प्रतियोगिता र ट्रेजरहन्ट प्रतियोगिता पनि यस उत्सवको दौरान गरिने छ ।

       यो योजना २०७५ आश्विन ५ गते देखि २०७५ मंसिर ५ गते सम्म सञ्चालन हुनेछ भने कार्यक्रमको औपचारीक अन्त्य २०७५ मंसिर ८ गते बम्पर उपहार विजेता छनौट संगै हुनेछ ।

प्रतिकृया दिनुहोस

पोखरा ट्रेड मल दशै तिहार उत्सव २०७५

गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर श्री लुट बहादुर रावतले आफ्नो

पोखरा ट्रेड मल दशै तिहार उत्सव २०७५

 यो हप्ता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

पोखरा ट्रेड मल दशै तिहार उत्सव २०७५

  पोखरा, असोज ९ गते । सुनगाभा बचत तथा ऋण सहकारीको नवौ बार्षिक साधारण सभा तथा चौथौ अधिबेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा नौ सदस्य सञ्चालक समिति