पोखरा–९ मा बोल्ने कलाको तालिम :


पोखरा, १८ माघ ।

पोखरा महानगरपालिका वडा नं ९ मा तीनदिने बोल्ने कलाको तालिम सम्पन्न भएको छ ।

पोखरा महानगर पालिका वडा नं ९ को सहयोगमा तमुधिं नेपाल केन्द्रीय आमा समितिले तालिमको आयोजना गरेको हो । तालिममा ३६ जना तमु आमा दिदीबहिनीहरुको सहभागिता थियो । समितिकी सचिव बिना घलेको संयोजकत्वमा सञ्चालित तालिममा संचारकर्मी हुमबहादुर तमु र महिला नेतृ सरस्वती तमुले सहजीकरण गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले तालिमको उद्घाटन गर्दै बोल्ने कला सिकेर व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । उनले कार्यक्रमलाई गुणात्मक रुपमा लैजानसमेत आयोजकसमक्ष आग्रह गरे ।

यसभन्दा अघि वडाभित्रका धेरै महिला समुहहरुलाई उद्घोषण कला, लेखा, बुटिक बनाउने र दलित समुदायमा पञ्चे बाजाका कार्यक्रमलाई महानगरको वडा नं ९ ले सहयोग पु¥याउँदै आएको वडा अध्यक्ष लामिछानेको भनाई थियो । उनले आगामी दिनमा समेत वडाबाट यस्तो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।    

प्रमुख अतिथि लामिछानेले तालिमका सहभागीहरुलाई प्रमाणपत्र बितरण गरे । तालिमको सहभागीहरूमध्येबाट नागबेली तमु समाजकी देवी तमु उत्कृष्ट भई प्रथम पुरस्कार प्राप्त गर्न सफल भइन् । प्रमुख अतिथि लामिछानेले तमुलाई पुरस्कार प्रदान गरे ।

कार्यक्रममा तीन दिनको उदघोषण कला सिक्ने क्रममा आमा, दिदी बहिनीहरूले आफूभित्र रहेको डर र अप्ठेरोपनलाई हटाउदै मञ्चमा उभिएर बोल्न सक्ने महशुस गरेको सहभागीहरुले अनुभव सुनाए । उनीहरुले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

तालिमका प्रशिक्षक हुमबहादुर तमुले आमा, दिदी बहिनीहरूलाई आफ्नो समाजका कार्यक्रम आफैले सञ्चालन गर्न सक्ने बन्नका लागि प्रेरित गरे । समापनमा समितिकी अध्यक्ष हरिमाया तमुको अध्यक्षतामा भएको कार्यक्रम समितिकी महासचिव एनशोभा तमुले सञ्चालन गरेकी थिइन् ।

.

प्रतिकृया दिनुहोस

पोखरा–९ मा बोल्ने कलाको तालिम :

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

पोखरा–९ मा बोल्ने कलाको तालिम :

नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीद्वारा दृष्टिविहिन व्यक्ति तथा उनीहरुका अभिभावकहरुका लागि दृष्टिविहिनहरुको अगुवाइमा गठित दृष्टिविहिन नमूना

पोखरा–९ मा बोल्ने कलाको तालिम :

 शिव थापा , रेडियो सफलता१०३.४ मेघाहर्च पोखरा - ७ , मासबार ,०३ सरकारले सामाजिक सञ्जाल प्रयोगलाई कडाइ गर्ने भएको छ । सामाजिक सञ्जालको दूरुपयोगका कारण