तनहुँकी कमलालाई प्रवासी नेपालीको सहयोग

१७ माघ,तनहुँ । 

शारीरिक रुपमा अशक्त रहेकी तनहुँकी कमला थापालाई बेल्जियम बस्दै आएका प्रवासी नेपालीहरुको समुहले आर्थिक सहयोग गरेको छ । ऋषिङ गाउँपालिका-१ झ्यापुटारमा रहेको उनकै घरमा पुगेर डिसाबिलिटी इन्टरनेशनल सोलिडारिटी फाउन्डेस नामक संस्थाले रु ४० हजार सहयोग गरेको हो । 

पोखरा-१० रामबजार बस्दै आएकी सरु पुनको पहलमा संस्थाका उपाध्यक्ष कृष्ण तिलिजा पुनले थापालाई नगद सहयोग हस्तान्तरण गरेका हुन । 

बेल्जियममा रहेका नेपालीहरुले स्थापना गरेको  उक्त संस्थाले बेल्जियम तथा नेपालमा रहेका अपाङ्गको लागि सहयोग गर्दै आइरहेको छ । "हामिले पनि साथिहरुबाट थाहा पायौ,शारीरिक रुपमा अशक्त भएकालाई सहयोग गर्न चाहाने साथीहरुबाट नै यो सम्भव भएको हो " हस्तान्तरण कार्यक्रममा बोल्दै फाउन्डेसनका उपाध्यक्ष पुनले भने । "मरो चाहाना सङ्गित क्षेत्रमा लाग्नु छ, मलाई पनि अरु जस्तै हिड्ने चाहाना छ"अाँखाभरी आँसु लिदै थापाले भनिन् । पढ्ने चाहाना भएकी कमला विधालयले भर्ना नलिदा लामो समय पढ्नबाट टाढा रहन बाध्य भएकी थिईन। 

२० वर्षको उमेरमा विधालय छिरेकी उनी कक्षा ७ मा भर्ना भएकी थिइन ।  उनी अहिले भानुभक्त्त क्याम्पसको कक्षा १२ मा अध्ययनरत छिन । "दैनिक पढन जान सक्दिन घरमै बसेर पढ्छु,परिक्षाको समयमा बुबा र साथिहरुले सहयोग गर्छन"उनले सुनाईन। 

त्यस्तै सामाजिक संजाल फेसबुकमा चिनजान भई सहयोग जुटाउन सहयोग गरेकी पोखराकी पुनले आफुलाई अशक्त भएको थाहा पाए पछि सहयोगको लागी जुटेको बताइन । बहिनी साहसी छिन आफ्नो व्यथा सबै राखिन, आगामि दिनमा पनि सहयोग गर्छौ" उनले भनिन ।

प्रतिकृया दिनुहोस

तनहुँकी कमलालाई प्रवासी नेपालीको सहयोग

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

तनहुँकी कमलालाई प्रवासी नेपालीको सहयोग

नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीद्वारा दृष्टिविहिन व्यक्ति तथा उनीहरुका अभिभावकहरुका लागि दृष्टिविहिनहरुको अगुवाइमा गठित दृष्टिविहिन नमूना

तनहुँकी कमलालाई प्रवासी नेपालीको सहयोग

 शिव थापा , रेडियो सफलता१०३.४ मेघाहर्च पोखरा - ७ , मासबार ,०३ सरकारले सामाजिक सञ्जाल प्रयोगलाई कडाइ गर्ने भएको छ । सामाजिक सञ्जालको दूरुपयोगका कारण