गण्डकी विकास बैंकको मानपकडी शाखाको औपचारिक समुद्घाटन :

गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीे शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद श्री तुल्सी प्रसाद चौधरीले सो शाखाको औपचारीक उद्घाटन गर्नुभयो । आफ्नो समुद्घाटन मन्तव्यमा श्री तुल्सी प्रसाद चौधरीले गण्डकी विकास बैंकले ग्रामीण भेगका साना साना निक्षेपकर्ताहरुको हित र साना साना व्यवसायको प्रर्वदनमा टेवा पु¥याउन आग्रह गर्दै बैंकलाई यस मानपकडीमा स्वागत गर्न पाउदा खुसी लागेको बताउनु भयो । बैंकका सञ्चालक श्री वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष श्री किसुन चन्द चौधरी , शुद्धोधन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री पुण्यराम गौतम एवंम समाजसेवी श्री शिवराम न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र पन्तले जानकारी गराउनु भएको थियो भने बैंकका प्रबन्धक श्री मिलन कुमार पुनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी श्री आविष्कार खनालले गर्नुभएको थियो ।
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा ब्द्यद्यक्, ब्त्ः, ऋ(ब्क्द्यब्,क्ष्एक्, ःयदष्भि बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गदैं ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको छ ।


 

प्रतिकृया दिनुहोस

गण्डकी विकास बैंकको मानपकडी शाखाको औपचारिक समुद्घाटन :

पोखरा १७ गते । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम  हुुनुपर्ने बताएकी छन् । पोखरा महानगरपालिका वडा

गण्डकी विकास बैंकको मानपकडी शाखाको औपचारिक समुद्घाटन :

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यका बाहिरबाट तरुल लगायत कन्दमुल धेरै नै भित्रिएकोले मूल्य घटेको हो

गण्डकी विकास बैंकको मानपकडी शाखाको औपचारिक समुद्घाटन :

पोखरा, २८ पुस ।  पद्म नर्सिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः जितेन्द्र पौडेल चयन भएका छन । पोखराको न्युरोडमा कार्यलय रहेको पद्म