पर्यटन बसपार्कको जग्गालाई अस्थायी रुपमा विकास गर्न आग्रह ।


पोखरा, १५ माघ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पोखरा –७ स्थित राष्ट्रबैंक चोकमा हाल पर्यटन बसपार्क रुपमा रहेको जग्गामा अस्थायी किसिमको व्यवस्थित बसपार्क बनाउन सरोकारवाला निकाय, स्थानीयबासी, नागरिक समाजले समितिलाई आग्रह गरेका छन् । 
मंगलबार पोखरा उपत्यका नगर विकास समितिको सभाहलमा पर्यटन बसपार्कसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग भएको छलफल कार्यक्रममा  उनीहरुले सो आग्रह  गरेका हुन् । 
छलफल कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नाटा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, पोखरा पर्यटन परिषदका कोषाध्यक्ष तारानाथ पहारी, नागरिक समाजका चन्द्रबहादुर गुरुङ, मितेरी टोल विकासका अध्यक्ष परमेश्वर आचार्य, अन्नपूर्ण टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद बस्ताकोटी, माछापुच्छ«े टोल विकासका अध्यक्ष कमला रानाभाट, पिटिसीका उपाध्यक्ष गोपी बहादुर भट्टराई, नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारी लगायतले पर्यटन विभागले आ.व. २०७५÷०७६ का लागि नगर विकास समितिको स्वामित्वमा रहेको हाल पर्यटन बसपार्ककै रुपमा सञ्चालन भएको जग्गामा नगर विकास समितिकै स्वामित्वमा रहने गरी अस्थायी रुपमा व्यवस्थित बसपार्क निर्माणका लागि रकम विनियोजित गरी टेण्डर आव्हान समेत गरिसकेकोे अवस्थामा उक्त कार्यलाई नरोकी अगाडि बढाउन नगर विकास समितिलाई आग्रह समेत गरेका छन् । 
साथै उनीहरुले पोखरा नेपालकै दोस्रो राजधानी भएकोले पोखरामा एउटा पनि व्यवस्थित बसपार्क नहुदाँ पर्यटकहरुलाई समस्या परेको हुँदा अर्काे बसपार्क निर्माण नभइन्जेल सम्म अस्थायी रुपमा भए पनि व्यवस्थित बसपार्क निर्माण हुँदा पोखरेली र पोखराकै गौरव हुने भएकोले यसमा कुनै पनि किसिमको समस्या सृजना नगर्न र आवश्यक सहयोग गर्न सम्पूर्ण पोखरेलीबासीहरुलाई अनुरोध समेत गरेका छन् । 
नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले गत पुष १० गते नै सूचना प्रकाशित गरी टेण्डर आव्हान समेत गरिसकेको र उक्त अस्थायी रुपमा निर्माण हुने बसपार्कका लागि नगर विकास समितिले सहयोग गर्नु हुन भनी मिति २०७५।०९।२९ गते पर्यटन विभागले पत्राचार गरेको समेत अध्यक्ष सुन्दर श्रेष्ठले जानकारी गराए । हाल उक्त जग्गा पोखरा लिजिङ कम्पनीले पर्यटन बसपार्ककै रुपमा समितिसँग सम्झौता गरी लिजमा प्रयोग गरिरहेको छ । 
कार्यक्रम पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
 

प्रतिकृया दिनुहोस

पर्यटन बसपार्कको जग्गालाई अस्थायी रुपमा विकास गर्न आग्रह ।

सिलगुडी  माघ  २१  गते  । भारतको सिलगुडीमा भोली देखि शुरु हुने  बंगाल ट्राभल मार्ट(विटिएम)मा सहभागी हुन पोख्रेली ब्यवसायको सहितको  टोली

पर्यटन बसपार्कको जग्गालाई अस्थायी रुपमा विकास गर्न आग्रह ।

  पोखरा १७, माघ ।  बिरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थी गौतम बुद्धले ज्ञानप्राप्त गरेको बोधगया पुगेर विश्व शान्तिका लागि कला सिर्जना गरी

पर्यटन बसपार्कको जग्गालाई अस्थायी रुपमा विकास गर्न आग्रह ।

पोखरा, १५ माघ । दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजना र ओम