यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज :

पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ ।  तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।

गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।


यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।

यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।

प्रतिकृया दिनुहोस

यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज :

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जितेको छ । दुबई स्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले जितको लागि

यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज :

नेपालको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ आउदो फागुन ९ गते देखि पोखरामा हुने भएको छ । १७ औं संस्करणको उक्त प्रतियोगिता फागुन १८

यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज :

पोखरा २ माघ । कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा पुस ३० गते बाट लागेको ऐतिहासिक माघे संक्रान्ति मेला माघ २ गते सम्पन्न भएको छ । आन्तरिक पर्यटन