तरुल तथा कन्दमुलको मूल्य यस वर्ष पोहोर भन्दा सस्तो :

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यका बाहिरबाट तरुल लगायत कन्दमुल धेरै नै भित्रिएकोले मूल्य घटेको हो ।

अघिल्लो वर्ष प्रतिकिलो ५५ रुपैयाँ देखि १५० रुपैयाँ प्रतिकिलो सम्ममा खरिदबिक्री भएको तरुल यस वर्ष ४० रुपैयाँदेखि १२० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भईरहेको छ ।

माघे संक्रान्तिलाई लक्षित गरि उपत्यकामा यस वर्षको पुस महिनामा मात्र ९६२ क्विन्टल तरुल, १३१ क्विन्टल पिँडालु र १६४ क्विन्टल सखरखण्ड आयात भएको छ।

यस वर्ष उत्पादन एवं आयात बढेका कारण तरुल तथा कन्दमुलको मूल्य घटेको उनको भनाइ छ । अघिल्लो वर्ष साढे ६ सय क्विन्टलमात्र आयात भएको थियो भने यस वर्ष ९६२ क्विन्टल भित्रिएको  तथ्यांक छ ।

उपत्यकामा सर्लाही, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र केही मात्रामा भारतबाट पनि कन्दमुल आयात हुने गरेको छ । उपत्यकामा स्थानीय प्रजातीका रातो, सेतो, हात्तीपाईले जस्ता विभिन्न प्रकारका तरुल भित्रिने गरेका छन् ।

प्रतिकृया दिनुहोस

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष पोहोर भन्दा सस्तो :

  पोखरा, २९ पुस । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले आफ्ना शेयर सदस्यहरुबीच अन्तरक्रिया तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष पोहोर भन्दा सस्तो :

पोखरा, ९ पुस ।        पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गामा रहेको नागढुङ्गा विकास समाजको आयोजना तथा कृषि विकास महाशाखाको सहयोगमा कौशीखेती

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष पोहोर भन्दा सस्तो :

हेमजा, २२ मंसिर पोखरा महानगरपालिका वडा न. २५ हेमजामा रहेको हेमजा भू.पू.सैनिक कृषि सहकारी सस्था लि.को दोस्रो अधिबेशन तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न