सफलता तीज गीत प्रतियोगितामा पोखरा ३३ प्रथम

सफलता मिडिया प्रालि द्धारा संचालित रेडियो सफलताको आयोजनामा भएको आठौ तीज गीत प्रतियोगितामा वडा स्तरिय कृषि संजाल समुह पोखरा ३३ बाघमारा प्रथम भएको छ । यस्तै द्धितिय कमल जोशी आमा समुह  हेम्जा,   तृतियमा कामधेनु कृषक महिला समुह हेम्जा , सान्त्वना ओखलढुङगा कृषक समुह चापाकोट पोखरा २३, उत्कृष्ट नृत्य हामी सबै साथी संस्था , उत्कृष्ट भेषभुषामा   मासबार आमा समुह   र अनुशासन  प्र्रगती आमा समुह सिमलचौर विजयी भएका छन् । भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको सहकार्यमा भएको आठौ तीज गीत प्रतियोगितामा  प्रथम पुरस्कार रु २०,००० द्धितिय पुरस्कार रु १५,००० तृतिय पुरस्कार रु १०,००० सान्त्वना पुरस्कार रु ५,००० उत्कृष्ट भेषभुषा २,००० उत्कृष्ट नृत्य २,००० र अनुशासित टिमलाई रु २,००० प्रदान गरिएको छ । प्रतियोगितामा ३० समुहले भाग लिएका थिए । कार्यक्रमको उद्घाटन भुमी ब्यवस्था तथा कृषि मन्त्रालय गण्डकी प्रदेशका मन्त्री  लेख बहादुर थापा मगरले गर्नु भयो । कार्यक्रममा बोल्दै मन्त्री थापामगरले अबको समाज न्याय पुर्ण हुनुपर्ने अबको ३ बर्षमा कृषि बिकास सम्भब बनाउनुपर्ने , गाउ पुरै खाली शहरमा जनसंख्या बढी  भएको साथै प्लटिङ बढ्दै गएकाले अब भुमि ऐन चाडै लागु गर्ने बताउनुभयो।  त्थसैगरी बाझो जग्गा राख्नेलाई दोब्बर  कर प्रणाली लागु गर्न  लागिएको  बताउनुभयो । कार्यक्रमका मुख्य प्रायोजक जानकी एग्रो प्रोडक्टका संचालक दिपक तिमिल्सेनाले राजनैतिक अस्थिरताका कारणले कृषि विकास सम्भव नभएको बताउनाभयो । उक्त कार्यक्रमको अध्यक्षता रेडियो सफलताका प्रबन्ध निर्देशक गोबिन्द कोइराला र संञ्चालन रेडियोका संयोज मधु अधिकारीले गर्नुभएको थियो ।       

प्रतिकृया दिनुहोस

सफलता तीज गीत प्रतियोगितामा पोखरा ३३ प्रथम

गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर श्री लुट बहादुर रावतले आफ्नो

सफलता तीज गीत प्रतियोगितामा पोखरा ३३ प्रथम

 यो हप्ता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

सफलता तीज गीत प्रतियोगितामा पोखरा ३३ प्रथम

  पोखरा, असोज ९ गते । सुनगाभा बचत तथा ऋण सहकारीको नवौ बार्षिक साधारण सभा तथा चौथौ अधिबेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा नौ सदस्य सञ्चालक समिति