चिसो मौसममा स्वस्थ्य रहन के गर्ने ?

चिसो मौसमले आफ्नो साथमा मानव स्वास्थ्यलाई पार्ने धेरै असर पनि सँगै लिएर आएको हुन्छ । यस्तोमा आफूलाई बिरामी हुनबाट जोगाएर जाडोको आनन्द उठाउने तरिका जानेमा निकै रमाइलो हुन्छ । चिसो मौसममा जतिसक्दो घाममा बसेर न्यानो हुनु राम्रो हुन्छ । यसले शरीरमा हुने भिटामिन डीको कमीलाई पूरा गर्छ । चिसो मौसममा मुटु र मस्तिस्कमा असर पर्ने कारण धेरैले मृत्युको सामना गर्नुपरको सुनिन्छ । त्यसै त यो समयमा दिन पनि छोटो हुन्छ । जसले गर्दा हर्मोनमा पनि असन्तुलन पैदा भएर भिटामिन डीको कमी हुन्छ । यसले मुटु र मस्तिष्कलाई क्षति पुर्‍याउने आशंका रहन्छ । चिसो मौसममा स्वस्थ्य रहन कस्ता खाना खाने भन्ने विषयमा आइएमएका अध्यक्ष डा. केके अग्रवालको सुझाब यस्तो छ । चिसो मौसममा मुुटुको धमनीहरू खुम्चन पुग्छ । जसले गर्दा मुटुमा रगत तथा अक्सिजन कमी हुन सक्छ । यसले रक्तचाप बढ्न सक्छ । यो मौसममा विशेष गरी ज्येष्ठ नागरिकलाई यस्तै कारणले समस्या हुन सक्छ । यो मौसममा अधिकांशले बढी गुलियो, फ्याट भएको, क्यालोरीयुक्त भोजन खान सुरु गर्छन् । जसले गर्दा पनि डाइबिटिज तथा उच्च रक्तचापलगायतका रोगीहरूलाई खतरनाक हुन सक्छ । उचित मात्रामा पानी पिउनुपर्छ । यसले शरीरलाई ऊर्जा दिनुका साथै मानसिक स्पष्टता र पाचन प्रणालीलाई राम्रो बनाउँछ । दिनको सुरुवातमा खाजा खानुअघि आधा लिटर पानी पिउनु फाइदाजनक हुन्छ । त्यस्तै, प्रत्येक घन्टा उचित मात्रामा पानी पिउनु राम्रो हुन्छ । काँचो फलफूल, हरियो तरकारी, उम्रिएको अन्न, सुख्खा मेवा, बिउ तथा ताजा जडिबुटी आफ्नो भोजनसँगै खाने गर्नुपर्छ । काँचो फलफूलले एन्जाइम, भिटामिन तथा रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । घाममा बसेर न्यानो प्राप्त गर्न बिर्सनु हुँदैन । यो मौसममा धेरै मानिसहरू भिटामिन डीको कमीले पीडित हुने गर्छन् । जसले शरीरमा दुखाइ हुने तथा रोग प्रतिरोधात्मक शक्तिमा पनि कमी हुने हुन्छ । आफ्नो भोजनमा सात रङ र ६ स्वादलाई समावेश गर्नुपर्छ । रातो स्याउ, हरियो तरकारी तथा अन्य फलफूलमा बी कम्प्लेक्स तथा भिटामिन प्राप्त हुन्छ । त्यस्तै, गुलियो, नुनिलो, पिरो, अमिलो, टर्रो, तीतो स्वादले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ । धुम्रपानलाई तत्काल त्याग्नुपर्छ । चिसो मौसममा दम तथा श्वाससम्बन्धी अन्य बिमारी लाग्ने सम्भावना रहन्छ । जसले मुटुको समस्यालाई पनि बढाउन सक्छ । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal