दियालो कृषि हेमजाद्धारा शेयर सदस्यसँग अन्तरक्रिया :

 

पोखरा, २९ पुस । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले आफ्ना शेयर सदस्यहरुबीच अन्तरक्रिया तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा संस्थाको हाल सम्मको प्रगति प्रतिवेदन शेयर सदस्यहरुमाझा जानकारी गराईएको थियो ।

संस्थाको शेयर पुजी २ करोड १६ लाख, निक्षप संकलन १ करोड ५० लाख र ऋण लगानी ३ करोड १३ लाख रहेको दियालो कृषि सहकारी संस्थाका अध्यक्ष मोहनप्रसाद त्रिपाठीले जानकारी दिए ।

सहकारीले कृषि क्षेत्रमा पनि लगानी गर्ने मान्यता अनुरुप टर्की फर्म पनि सञ्चालन गरेको छ । साउनको अन्तिम साताबाट शुरु गरिएको टर्की फर्ममा अहिले टर्की विक्रि पनि शुरु भएको छ ।

अध्यक्ष त्रिपाठीका अनुसार टर्की जिउदोको प्रति केजी ८ सय रुपैया तोकिएको छ भने १० वटा भन्दा बढी लानेका लागि ७ सय ५० तोकिएको छ ।

हाल अहिले ५ सय टर्की रहेका छन् ।  ‘यो हाम्रो नौलो क्षेत्र भएकोले शुरुमा थोरै चल्ला राखेका हौ’,अध्यक्ष त्रिपाठीले भने,‘अव विस्तार बढाउँदै जाने छौं ।’उनका अनुसार विस्तार चल्ला उत्पादन गर्ने लक्ष्य पनि सहकारीको रहेको छ ।

कृषि क्षेत्रमै लगानी बढाउनका लागि सहकारीले माछा पालन अध्ययन तथा सुरुवातका लागि विभिन्न ठाउँमा परियोजना प्रस्ताव पेश गरिसकेको अध्यक्ष त्रिपाठीले जानकारी दिए । रमाइलो वनभोजमा सहकारीले आफ्ना शेयर सदस्यलाई टर्कीकै मासुको खुवाएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार केशवशरण पौडेलले संस्थाले छोटो समयमा राम्रो प्रगति गरेको बताए ।

अर्का सल्लाहकार होतराज त्रिपाठीले कृषि क्षेत्रमा अझै बढी लगानी गर्न आग्रह गरे । दियालो कृषि सहकारी संस्थाका अध्यक्ष मोहनप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव हरि पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

दियालो कृषि हेमजाद्धारा शेयर सदस्यसँग अन्तरक्रिया :

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यका बाहिरबाट तरुल लगायत कन्दमुल धेरै नै भित्रिएकोले मूल्य घटेको हो

दियालो कृषि हेमजाद्धारा शेयर सदस्यसँग अन्तरक्रिया :

पोखरा, ९ पुस ।        पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गामा रहेको नागढुङ्गा विकास समाजको आयोजना तथा कृषि विकास महाशाखाको सहयोगमा कौशीखेती

दियालो कृषि हेमजाद्धारा शेयर सदस्यसँग अन्तरक्रिया :

हेमजा, २२ मंसिर पोखरा महानगरपालिका वडा न. २५ हेमजामा रहेको हेमजा भू.पू.सैनिक कृषि सहकारी सस्था लि.को दोस्रो अधिबेशन तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न