प्राबिधिक शिक्षाको लागि स्याङ्गजाको क्याक्मीमा महायज्ञ


पोखरा, पुष २८ । 
    बिद्यालयमा प्राबिधिक शिक्षा दिने उद्धेश्यले स्याङ्गजाको क्याक्मीमा रहेको पिताम्वर माबिले महायज्ञ आयोजना गर्ने भएको छ । 
२००९ सालमा स्थापना भएको उक्त बिद्यालयले हाल उच्च माकिमा शिक्षा संकायको मात्र पढाइ गर्दे आएकोमा गाऊमै बिद्यार्थिहरुलाई प्राबिधिक शिक्षा दिने र बसाईसराई र रोजगारीको लागि सहयोग पुर्याउने भन्दै महायज्ञ आयोजना गरिएको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो । पत्रकार सम्मेलनमा बिद्यालयका प्रधानध्यापक शालिकराम लम्सालले प्राबिधिक शिक्षाको ब्यबस्था नहुदा गाऊमा युवाहरु अट्न नसक्ने र फलस्वरुप बसाईसराई बढ्दै जाने भएकाले आर्थिक स्रोतको ब्यबस्थापन गरि प्राबिधिक शिक्षा दिन आबस्यक रहेको जानकारी दिए । महायज्ञ बाट करिव ६ करोड आर्थि क सहयोग संकलन हुने आयोजकले लक्ष लिएको छ । स्याङ्गजाको हरिनास ६ मा पर्ने पिताम्वर माबिमा हाल करिव ५ सय बिद्यार्थि अध्ययनरत छन । महायज्ञबाट उठेको रकमबाट प्राबिधिक शिक्षालय संगै ई लाईब्रेरी, आईसिटि कक्ष, बिज्ञान प्रयोगशाला,आबासिय सुबिधा सहितको छात्रबास,आधुनिक शौचालय र्निमाण लगायतको योजना रहेको आयोजनकले जानकारी दिएको छ । 
    माघ १० गते देखि सात दिन सम्म आयोजना हुने महायज्ञमा सहभागि हुन बिद्यालयले सबैलाई अनुरोध गरेको छ । महायज्ञमा दिग्दर्शन बाचक शिरोमणी पण्डित दिपक सापकोटाको संगितमय कथा बाचन तथा प्रबचन रहनेछ भने सहबाचकमा प्रकाश तिवारी रहने बताइएको छ । महायज्ञ सहयोग गर्ने क्रम पनि सुरु भैसकेको छ ।  महायज्ञमा १ रुपैयाँ देखि ५ लाख भन्दा माथिको आर्थिक सहयोग गर्ने महानुभाव तथा दानबिरहरुलाई बिभिन्न खालको सम्मान गर्ने ब्यबस्था मिलाईएको आयोजकले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

प्राबिधिक शिक्षाको लागि स्याङ्गजाको क्याक्मीमा महायज्ञ

पोखरा, ३ माघ बैदाम तामाङ समाज पोखराद्धारा आयोजित मिस तामाङ पोखराको ट्यालेण्ट तथा प्रिजजिङ राउण्ड माघ ५ गते शनिबार पोखरामा हुने भएको छ ।  ट्यालेण्ट

प्राबिधिक शिक्षाको लागि स्याङ्गजाको क्याक्मीमा महायज्ञ

पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ । ३८ जना भन्दा धेरै घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले

प्राबिधिक शिक्षाको लागि स्याङ्गजाको क्याक्मीमा महायज्ञ

पोखरा पोखरा महानगरपालिका वडा नं. १६ स्थित रणजित गाँउमा माघे संक्रान्ति मेला शुरु भएको छ । नौ धारा सिद्ध वराह क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने