प्राबिधिक शिक्षाको लागि स्याङ्गजाको क्याक्मीमा महायज्ञ


पोखरा, पुष २८ । 
    बिद्यालयमा प्राबिधिक शिक्षा दिने उद्धेश्यले स्याङ्गजाको क्याक्मीमा रहेको पिताम्वर माबिले महायज्ञ आयोजना गर्ने भएको छ । 
२००९ सालमा स्थापना भएको उक्त बिद्यालयले हाल उच्च माकिमा शिक्षा संकायको मात्र पढाइ गर्दे आएकोमा गाऊमै बिद्यार्थिहरुलाई प्राबिधिक शिक्षा दिने र बसाईसराई र रोजगारीको लागि सहयोग पुर्याउने भन्दै महायज्ञ आयोजना गरिएको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो । पत्रकार सम्मेलनमा बिद्यालयका प्रधानध्यापक शालिकराम लम्सालले प्राबिधिक शिक्षाको ब्यबस्था नहुदा गाऊमा युवाहरु अट्न नसक्ने र फलस्वरुप बसाईसराई बढ्दै जाने भएकाले आर्थिक स्रोतको ब्यबस्थापन गरि प्राबिधिक शिक्षा दिन आबस्यक रहेको जानकारी दिए । महायज्ञ बाट करिव ६ करोड आर्थि क सहयोग संकलन हुने आयोजकले लक्ष लिएको छ । स्याङ्गजाको हरिनास ६ मा पर्ने पिताम्वर माबिमा हाल करिव ५ सय बिद्यार्थि अध्ययनरत छन । महायज्ञबाट उठेको रकमबाट प्राबिधिक शिक्षालय संगै ई लाईब्रेरी, आईसिटि कक्ष, बिज्ञान प्रयोगशाला,आबासिय सुबिधा सहितको छात्रबास,आधुनिक शौचालय र्निमाण लगायतको योजना रहेको आयोजनकले जानकारी दिएको छ । 
    माघ १० गते देखि सात दिन सम्म आयोजना हुने महायज्ञमा सहभागि हुन बिद्यालयले सबैलाई अनुरोध गरेको छ । महायज्ञमा दिग्दर्शन बाचक शिरोमणी पण्डित दिपक सापकोटाको संगितमय कथा बाचन तथा प्रबचन रहनेछ भने सहबाचकमा प्रकाश तिवारी रहने बताइएको छ । महायज्ञ सहयोग गर्ने क्रम पनि सुरु भैसकेको छ ।  महायज्ञमा १ रुपैयाँ देखि ५ लाख भन्दा माथिको आर्थिक सहयोग गर्ने महानुभाव तथा दानबिरहरुलाई बिभिन्न खालको सम्मान गर्ने ब्यबस्था मिलाईएको आयोजकले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

प्राबिधिक शिक्षाको लागि स्याङ्गजाको क्याक्मीमा महायज्ञ

पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा तीन जनाको घटनास्थलमा नै , १ जनाको उपचार्का क्रममा  ज्यान गएको छ । ३८ जना भन्दा धेरै घाइते भएका जिल्ला

प्राबिधिक शिक्षाको लागि स्याङ्गजाको क्याक्मीमा महायज्ञ

पोखरा, ३० पुस ।        क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशन चैत्र २३ र २४ गते पोखरामा गरिने भएको छ । दमौलीमा सम्पन्न केन्द्रीय विस्तारित

प्राबिधिक शिक्षाको लागि स्याङ्गजाको क्याक्मीमा महायज्ञ

पोखरा ३० पुस  गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले माघी जस्ता सामूहिक राष्ट्रिय पर्वले भातृत्व, अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम