पोखरामा भ्रष्टाचार विरोधी अभियान : (भिडियो सहित )

नेपाल विद्यार्थी संघका विद्यार्थीले पोखरामा सोमबार भ्रष्टाचार विरोधी अभियान संचालन गरेका छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसबाट शुरु भएको अभियान सोमबार वीपी चोक, शहिदचोक, एयरपोर्ट, तालचोक र पोखरा विश्वविद्यालयमा संचालन गरियो ।

ती स्थानहरुमा सरकारको विरोध गर्दै भ्रष्टाचारीलाई प्रवेश निषेध लेखिएको कालो व्यानर टाँसिएको छ ।

नेपाली काँग्रेस महासमिति सदस्य गुरु बरालले पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुलाई ब्यानर हस्तान्तरण गरि अभियान शुरुवात गरेका हुन् ।

कार्यक्रममा महासमिति सदस्य गुरु बरालले भ्रष्टाचारका कारण मुलुक बर्बाद भएको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक बताए ।

यो अभियान पोखराबाट शुरु भएको छ उनले भने – ‘यसलाई देशव्यापी बनाउन आवश्यक छ ।’

नेवि संघका विद्यार्थीहरुले सरकारले न्याय दिन नसकेको, अपराधिक गतिविधिमा संलग्नमा रहेकालाई संरक्षण गरेको र भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

पोखरामा भ्रष्टाचार विरोधी अभियान : (भिडियो सहित )

पोखरा, माघ १ अष्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरि पोखरामा द अष्ट्रेलियन युनिभर्सिटी फेयर भएको छ । पोखराको

पोखरामा भ्रष्टाचार विरोधी अभियान : (भिडियो सहित )

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको नेपालकै नमुना पर्यटकिय स्थल गुप्तेश्वर महादेव गुफाको २३ औं साधारण सभा शनिबार भव्य कार्यक्रम

पोखरामा भ्रष्टाचार विरोधी अभियान : (भिडियो सहित )

  पोखरा, २९ पुस । नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखा को १५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । सभालाई प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नंं. ७ का