ताजा खबर

वृद्धावस्ताका प्रमुख समस्या र त्यसको समुचित व्यवस्थापन विषयक सचेतना तथा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न ः

 
पोखरा , फागुन २६ 
पोखरा आरोग्य केन्द्रको आयोजना र पोखरा क्यान्सर केयर सेन्टरको प्राविधिक सहयोगमा वृद्धावस्ताका प्रमुख समस्या र त्यसको समुचित व्यवस्थापन विषयक सचेतना तथा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । कार्यक्रममा नेपालकै पहिलो र एक मात्र जेष्ठ नागरिक तथा अल्जाइमर्स रोग विशेषज्ञ डा. रमेश कंडेलले  ४० जना जेष्ठ नागरिक हरुलाई निशुल्क परामर्श दिनुभएको थियो ।  वृद्धावस्ताका प्रमुख समस्याको रुपमा बिर्सने , भोक नलाग्ने , निन्द्रा नलाग्ने रहेको उँहाले बताउनु भयो । बिकसित देशहरुमा बालबालिकालाई जस्तै जेष्ठ नागरिक हरुलाई पनि खोपको ब्यबस्था हुने कुराको जानकारी गराउदै नेपालीहरुको औसत आयु बढिरहेको अबस्थामा नेपालमा पनि यस्थाखालको ब्यबस्था अबस्यक रहेको बताउनु भयो । प्रमुख अतिथि पोखरा क्यान्सर केयर सेन्टरका अध्यक्ष ठाकुर प्रसाद बरालले बालबालिकालाइ गरिने जस्तै स्याहार सुशार जेष्ठ नागरिकलाइ पनि आबस्यक पर्ने कुरामा जोड दिदै कतिपय अवस्थामा वृद्धावस्ताका बुबा आमा मात्र घरमा हुने भएकाले यस्का बारेमा अब समाजले सोच्न पर्ने बताउनु भयो । पोखरा आरोग्य केन्द्रका अध्यक्ष कुल राज चालिसेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन केन्द्रका सदस्य मनिषा चालिसेले गर्न भएको थियो । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal