ताजा खबर

पृथ्वी नारायण क्याम्पसमा पी.एन.सी. एलुमनी गठन :

फाल्गुन- 6,

पोखरा भुतपूर्ब बिद्यार्थीहरूलाई एकिकृत गर्ने मुख्य उद्येस्य राखी शनिबार एक कार्यक्रमका बीच पी.एन.सी. एलुमनी गठन गरिएको छ । पृथ्वी नारायण क्याम्पसमा बिभिन्न संकायहरूमा स्नातक र स्नातकोत्तर उत्तीर्ण गरी आफ्नो क्षेत्रमा क्रियाशील भएका बिद्यार्थीहरुमा आफुले अध्ययन गरेको शैक्षिक संस्था प्रतिको उत्तरदायित्व बोध गराउने अभिप्रायले उक्त एलुमनी गठन गरिएको एलुमनीका सल्लाहकार मीन पुनले जानकारी दिए । बिज्ञान संकायका बिनोद पराजुलीको अध्यक्षतामा गठित उक्त संस्थामा शिक्षा संकायको प्रतिनिधित्व गर्दै इन्दिरा अधिकारी उपाध्यक्ष, ब्यवस्थापन संकायको प्रतिनिधित्व गर्दै प्रवेश गौतम सचिब , बिज्ञान संकायका अञ्जनी गुरुङ कोषाध्यक्ष र उमेश शारु थापा सह सचिब चयन भएका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा दिलु गुरुङ , गोबिन्द बाँस्तोला , दिनेश शर्मा, अनुपा तिवारी , सुमन हमाल र देबिका गुरुङ रहेका छन । पृथ्वी नारायण क्याम्पसलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा बिकास गरी क्याम्पस प्रशासन र भू.पु. बिद्यार्थी बिच समन्वय बढाउने हेतुले स्थापित यस संस्थाको कार्यसमितिमा चयन भएका सदस्यहरुलाई शुभकामना दिदै सल्लाहकार श्रीकान्त पन्थीले आफ्नो भनाइ राखेका थिए । समिति चयन भए सँगै कार्यसमितिको बैठकले पहिलो कार्यक्रमको रुपमा बृहत् रक्तदान फाल्गुन २२ गते गर्ने निर्णय समेत गरेको छ ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal