व्युटीपार्लर एशोसियसन कास्कीको प्रथम वार्षिक साधारण सभा सम्पन्न :


पोखरा पुष २१
आर्थिक समृद्धिका लागि सौन्दर्य पेशा आजको आवश्यकता भन्ने नारा सहित स्थापना भएको व्युटिपार्लर एशोसियसन कास्कीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ व्युटिसियन चन्द्रा प्रधानले महिलाह्ररु व्युटीपार्लर व्यवसायबाट आर्थिक उन्नती गरेको बताउनुभयो । कार्यक्रममा सौन्दर्यविद् तथा संस्थाका अभिभावक चिनु गुरुडले संस्थाले पेशागत हकहितका लागि वकालत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको आर्थिक समृद्धिमा पेशाले महत्वपुर्ण स्थान लिएको दाबी गर्नुभयो । बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल (बान) का केन्द्रिय महासचिव तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले संस्था स्थापना भएको मात्रै १ वर्ष भएपनि पेशागत हकहितका साथै सामाजिक कार्यमा पनि सक्रियता देखाएकोमा खुसी व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष कल्पना कोइरालाको अध्यक्षमा भएको कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार गीता आर्चाय, नेपाल उद्यमी संघ कास्कीका अध्यक्ष काशीमाया गुरुड लगायतले बोल्नुभएको थियो । एशोसिएसनका सचिव वविता केसी कार्कीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष चन्द्रावती सुवेदीले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

व्युटीपार्लर एशोसियसन कास्कीको प्रथम वार्षिक साधारण सभा सम्पन्न :

पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा तीन जनाको घटनास्थलमा नै , १ जनाको उपचार्का क्रममा  ज्यान गएको छ । ३८ जना भन्दा धेरै घाइते भएका जिल्ला

व्युटीपार्लर एशोसियसन कास्कीको प्रथम वार्षिक साधारण सभा सम्पन्न :

पोखरा, ३० पुस ।        क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशन चैत्र २३ र २४ गते पोखरामा गरिने भएको छ । दमौलीमा सम्पन्न केन्द्रीय विस्तारित

व्युटीपार्लर एशोसियसन कास्कीको प्रथम वार्षिक साधारण सभा सम्पन्न :

पोखरा ३० पुस  गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले माघी जस्ता सामूहिक राष्ट्रिय पर्वले भातृत्व, अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम