ताजा खबर

चिलाउने खर्क सामुदायिक होमस्टेको सम्भाब्यता अध्ययन अबलोकन भ्रमण सम्पन्न

 
गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) प्रदेश ४ को आयोजनामा पोखरा लेखनाथ वडा नं. २१ स्थित चिलाउने खर्क सामुदायिक होमस्टेको सम्भाब्यता अध्ययन अबलोकन भ्रमण सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि पोखरा लेखनाथ वडा नं. २१ क वडा अध्यक्ष खग राज आचार्यले दक्षिणको सस्कृति र उत्तरको प्रकृतिको समायोजन गरेर पर्यटन प्रबद्धर्न र बिकास गर्नु पर्नेमा जोड दिए । आफ्नो वडाको बिकासका लागि आफु पर्यटन गुरु योजना बनाउन लागेको बताउदै होमस्टे संचालनलाइ ब्यबस्थित गर्न कुनै पनि राजनितिक रङ्ग नओडी सबै वडा बासी एक जुट हुनु गर्ने बताए ।
त्रीभुबन बिश्व विधालयका ग्रामिण विभाग प्रमुख डा. प्रेम शर्माले हिमाल देखिने गाउँ मात्र पर्यटन गाउ नभएको बताउदै मागर समुदायको मौलिक कला , सस्कृति , भेषभुषा , खानपान भएको चिलाउने खर्कलाइ होमस्टेको नमुना बनाउन सकिने कुरामा जोड दिनु भयो । स्थानिय समाज सेवी कृष्ण बहादुर थापाले आफ्नो गाँउ अबलोकन गर्न आएकोमा खुसी ब्यक्त गर्दै होमस्टेको माध्यमबाट  आफ्नो ठाउँको आर्थिक बिकास गर्न चाहेको बताउदै सबैले आ आफ्नो तर्फबाट साथ र सहयोग गरिदिन आग्रह गरे । भिटोफ प्रदेश नं. ४ का अध्यक्ष रविन्द्रराज पौडेलले स्थानिय समुदाय होम स्टे संचालनको लागी इच्छुक भई अग्रसर भएमा होमस्टेको प्रचार प्रसार गर्न आवश्यक तालिम तथा सिप विकास गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । भिटोफ प्रदेश नं. ४ का संस्थापक अध्यक्ष तारानाथ पहारीले ग्रामिण पर्यटनको सम्भावना अध्ययन गर्नु र त्यस क्षेत्रको प्रवद्र्धन गर्नु नै भिटोफको उद्देश्य भएको वताउदै हालसम्म नेपालका ३५ स्थानमा भिटोफले होम स्टे स्थापना गर्न सहयोग गरि प्रवद्र्धन गरेको वताए ।
पोखराबाट २० मिनेटमा पुग्न सकिने साविक निर्मल पोखरी वडा नं. ३ हाल पोखरा लेखनाथमहानगरपालिका वडा नं. २१ मा रहेको चिलाउने खर्क मगर समुदाय रहेको गाँउ हो । भ्रमणमा गएको टोलीलाई स्थानिय वासिन्दाहरुले भव्य स्वागत गर्दै मगर समुदायका युवा युवतीहरुले सोरठी नृत्य लगाएतका मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal