महिला विकासका लागि आमा समुहको अध्यक्षमा पुन मनमाया


पोखरा पुष २१
महिला विकासका लागि आमा समुहको १७ औं साधारण सभा तथा सातौ अधिवेशनबाट पुन मनमाया बराल अध्यक्षमा चयन हुनुभएको छ । समितीको उपाध्यक्षमा तुलसी बराल, सचिवमा अन्जु पण्डित, सहसचिवमा लिला बराल, कोषाध्यक्षमा विजय बराल चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा लक्ष्मी अधिकारी, मिना सापकोटा,  मन्जुसा बराल, अनुपा बराल, समित्रा बराल, बसुन्धरा पौडेल, उमा आर्चाय, कमला बराल, गोमा बराल, सिता पौडेल, सिता बराल, सावित्री पौडेल, सावित्री बराल सहितको १९ सदस्यीय समिति चयन भएको हो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बरालले वडा नम्वर ७ को कार्यालय स्थानीय रुपमा कार्य गरी रहेका आमा समुह सँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । उहाँले आमा समुहले गरेका गतिविधिको प्रशंसा समेत गर्नुभयो । कार्यक्रममा वडा नम्वर ७ का महिला सदस्य प्रभा पन्तले सामाजिक कार्य गर्न त्यति सहज छैन तरपनि समाजमा आमा समुहको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । आमा समुहका अध्यक्ष मनमाया बरालको अध्यक्षमा भएको कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्वर ३ का पुर्व क्षेत्रीय सभापति शोभाचन्द्र बराल, बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल (बान) का केन्द्रिय महासचिव तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, नेपाली काग्रेस वडा इकाई सभापति नविनराज बराल, नागरिक समाज पोखराका संस्थापक संयोजक तथा वृहत् पोखरा सरसफाई अभियानका संयोजक रामबहादुर पौडेल, जेष्ठ नागरिक समाजका अध्यक्ष डिल्लीराम बराल, क्रियाशिल महिला विकास कृषि सहकारीका अध्यक्ष शारदा गिरी, मासबार आमा समुहका अध्यक्ष टिकादेवी अधिकारी, माछापुच्छे महिला क्लवका अध्यक्ष गिता पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा ७५ वर्ष माथिका जेष्ठ आमाहरुलाई सम्मान समेत गरिएको थियो । साथै संस्थाका नयाँ आजीवन सदस्यलाई समेत सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । सस्थाका सदस्य अन्जु पण्डितले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मनतव्य गंगा बरालले राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

महिला विकासका लागि आमा समुहको अध्यक्षमा पुन मनमाया

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

महिला विकासका लागि आमा समुहको अध्यक्षमा पुन मनमाया

पोखरा, ४ फागुन । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारीलाई तिब्र

महिला विकासका लागि आमा समुहको अध्यक्षमा पुन मनमाया

प्रेम दिवस बिशेस #ValentineSpecial  शिब सतिको प्रेम एक जन्म मात्र होइन अर्को जन्म सम्म निरन्तर जुगौ जुगु बाचेको छ शिब पार्वती को स्वरुपमा।  आफ्नो प्रेमी को