ताजा खबर

पोखरामा १०८ मध्येको १०८ औं महायज्ञ सुरु , प्रदेश प्रमुख द्वारा उद्घाटन

पोखरा , २१ माघ
युवा पण्डित देवनयन नारायण लामिछानेले सत्संकल्प गरेको राष्ट्र शान्ति मानवीय मैत्री श्रीमद्भागवत १०८ विराट महायज्ञ पोखरा लेखनाथ महानगर पालिका वडा न. ७ मासबार स्थित पुस्करेश्वर महादेव मन्दिरमा सुरु भएको छ । माघ २१ गते देखि फागुन २ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको उद्घाटन प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबु राम कुंवारले गर्नु भएको हो । े उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख कुंवारले धर्म र कानुनले शासित समाज नै सुखी, समृद्ध र शान्त हुने बताउनु भयो । जुनसुकै धर्म अबलम्बन गर्ने संबैधानिक स्वतन्त्रता भएता पनि प्राप्त गर्ने कुरा एउटै भएको बताउदै धर्म र कानुनको पालनाले मात्रै उन्नति प्राप्त हुने कुरामा जोड दिनु भयो ।
आध्यात्मिक चिन्तन मनन्ले मानिसलाइ सदाचारी, निष्ठावान र आफैंलाइ शासन गर्ने क्षमता अभिवृद्धी गर्ने भन्दै आफैंलाइ शासन गर्न नसक्नेले अरुलाई शाषन गर्न नसक्ने बताउनु भयो । उद्घाटन समारोहमा नेपाल सरकारका पुर्व सचिब ठाकुर प्रसाद बराल , वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र बराल लगाएतले आ आफ्नो मन्तव्य राखेका थिए । पुश्करेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा भएको उक्त समारोहको सञ्चालन यज्ञ व्यवस्थापन समितिका महासचिव सरोज नारायण बरालले गरेका थिए ।
महायज्ञ दानका लागि भन्दापनि ज्ञानका लागि भन्दै युवा पण्डित देवनयन नारायण लामिछानेले महायज्ञ अबधिभर हरेक दिन बिहान योग शिबिर , बिहान ११ बजे देखि कथा वाचन , बालबालिका लाई नैतिक शिक्षा र सांझमा महात्म्य भजन किर्तन हुने बताए । उद्घाटन समारोहको पुर्व सन्ध्यामा बिभिन्न आमा समुह र सघ सस्थाको उपस्थितिमा कलश यात्रा सम्पन्न भएको छ । कलश यात्रा महायज्ञ स्थल श्री कृष्ण मा बि को खुल्ला चौरबाट सुरु भइ शान्ति नगर चोक , जिरो किलो मिटर , सृजना चोक , सिमल चौर , रत्न चोक हुदै पुनः यज्ञ स्थलमा पुगि सम्पन्न भएको थियो । 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal