पोखरामा शिखर सुजको मेला शुरु , सस्तोमा स्तरिय जुत्ता चप्पल

पुष १९,पोखरा

पोखराको सिद्धार्थचोकस्थित स्काई ब्राण्डको सोरुम परिसरभित्र बिहिबारदेखि शिखर सुजको मेला शुरु भएको छ । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले एक समारोहका विच मेलाको –उद्घाटन गरे ।

मेला उद्घाटन गर्दै प्रसाईले मेलामा अविश्वसनीय मूल्यमा पोखरेलीलाई शिखरका जुत्ता उपलब्ध गराइने छ बताए । ‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ–उनले भने ।’ पोखरेलीलाई नेपाली जुत्ता सहज रुपमा उपलब्ध गराउन सेल मेला आयोजना गरिएको उनले जनाए ।

‘शिखरले पोखरामा गर्ने एकल सेल मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ । अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् । सम्भवत ः पोखरामा यस्तो अबसर फेरि नआउन पनि सक्छ ।’ पत्रकार सम्मेलनमा उनले भने ।

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेक छन् । नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ताचप्पल पनि राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।

 

प्रतिकृया दिनुहोस

पोखरामा शिखर सुजको मेला शुरु , सस्तोमा स्तरिय जुत्ता चप्पल

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यका बाहिरबाट तरुल लगायत कन्दमुल धेरै नै भित्रिएकोले मूल्य घटेको हो

पोखरामा शिखर सुजको मेला शुरु , सस्तोमा स्तरिय जुत्ता चप्पल

पोखरा, २८ पुस ।  पद्म नर्सिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः जितेन्द्र पौडेल चयन भएका छन । पोखराको न्युरोडमा कार्यलय रहेको पद्म

पोखरामा शिखर सुजको मेला शुरु , सस्तोमा स्तरिय जुत्ता चप्पल

पुस २६, लेखनाथ गण्डकी प्रदेशमा पेट्राृलियम पदार्थको सहज आपूर्तिका लागि भण्डारण क्षमता बढाउनु पर्नेमा विहिबार लेखनाथमा आयोजित एक कार्यक्रमका