ताजा खबर

पोखरा १७ का सहकारी बिच एकरुपता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न :

 
पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ का बचत तथा ऋण सहकारी संस्थाहरु बिच एकरुपता  सम्बन्धि अन्तरक्रिया कार्यक्रम बिरौटा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रम २० बटा सहकारी अध्यक्षहरुको सहभागीता सम्पन्न भएको थियो । यसको प्रमुख आतिथ्यता नेफ्स्कुनका संचालक एवं प्रदेश नं ४ का संयोजक भिम बहादुर गुरुङ्ग र सभापतित्व  बिरौटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र गुरुङ्गले गर्नुभएको थियो । उत्त कार्यपत्रको प्रस्तुतकार बिरौटा बचत तथा ऋण सहकारी संस्थाका  उपाध्यक्ष श्री टिका प्रसाद पौडेल र रेसमलाल पौडेल हुनुहुन्थ्यो ।  यसको  प्रमुख उदेश्य पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ का बचत तथा ऋण सहकारी संस्थाहरुका बिच सामान्य अर्थमा डे«स,कार्यलय समय सफ्टवेर,सुसासन ,साइनवोर्ड,सामाजिक शिक्षा छाता संगठनमा आवृद्धता ,सामाजिक उत्तरदायित्व आदि बिषयमा एकरुपता  हुनुपर्नै जोड दिएको थियो । अन्तरक्रिया कार्यक्रममा टिप्पणीकार भिम बहादुर गुरुङ्ग दुरा सहानिय कार्य रहेको र नेपालमै  बिरौटा सहकारी एकरुपताको अवधारणामा नमुना हुने कुरामा विश्वष्त हुनुभयो ।। उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण सहकारी संस्थाका प्रतिनीधिहरुले कार्यपत्रमाथि छलफल गरेका थिए । कार्यपत्रमाथि उठेका प्रश्नलाई टिप्पणीकार तथा कार्यपत्र प्रस्तुतकात्र्ताले प्रष्टाएका थिए ।  कार्यक्रम सञ्चालन बिरौटा बचत तथा ऋण सहकारी संस्थाका सचिव श्री कृष्ण बहादुर श्रेष्ठले गर्नुभएको थियो । 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal