ताजा खबर

प्रकृतिका सृजना

प्रकृति गौतम 

चरीले गुड सारे जस्तै सारेर गयौ आज ।
बैगुनी रैछौ चोखो माया मारेर गयौ आज ।

सुवास छर्दै सँगै फुल्ने रहर थियो कत्ति ।
फुल्न नदिई कोपीला मै झारेर गयौ आज ।
जुनीभर सँगै बाँच्ने खाएर वाचा कसम ।
बाँचु या मरुँ दोधारैमा पारेर गयौ आज ।
डुङ्गे यात्रा गर्दै थिए तिमी सित सँगै ।
बिचमै छाडी एक्लै नाऊँ तारेर गयौ आज ।
पराईको घुम्टो ओढ्यौ कोमल मन तोड्यौ ।
मीठो अतित मेरै लागी छाडेर गयौ आज ।
मायाको जालमा जीतेको ठान्यौ भएर अर्कैको ।
प्रेमको युद्द नगरे रै हारेर गयौ आज ।

 

---------------------------------------------------

तिम्रो त्यो नजर बाट मलाई बसाइँ सारेको दिन!

सम्झिनेछु त्यो बिगत मलाई एक्लै पारेको दिन!!

अनौठो मोडमा धकेलिन्छ्न होला मेरा आसा हरु!

मेरो त्यो अनमोल मायामा म हारेको दिन!!

तड्पने छौ मेरो माया सम्झी सम्झी एकान्तमा!

पुछी दिने कोहि हुदैनन् तिमिले आँसु झारेको दिन.....

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal