ताजा खबर

जागरिला युवा उद्यमीको सफलताको कथा , वार्षिक ४० लाख रुपैया आम्दानी

दैनिक ११ सय लिटर उत्पादन गर्दै जानकी एग्रो फार्म
यदुनाथ बञ्जारा
करिव दुई वीस हिउँद काटेका दिपक तिमल्सिनाको दैनिकी झन पछि झन व्यस्ततामा रुपान्तरित भएको छ । दाल गेडा गुडीको कारोवारमा एक दशक वडी समय विताएका दीपक तिमल्सिना पछिल्लो ३ वर्ष देखि भैसी पालन व्यवसायमा होमिएका छन् । अहिले उनको दुईवटा फारममा गरि २४० वटा भैंसी पालिका छन्।
विजयपुर फारम भैसी पालन सुरु गरेका तिमल्सिनाले अहिले चाउथेमा नयाँ फारम संचालनमा ल्याएका छन् । दुवै ठाउँमा गरि २४० वटा भैसीले दैनिक ११ सय लिटर दुध दिने फारम संचालक दिपक तिमल्सिनाले वताए । उत्पादित दुध पोखराका सभागृह चोक, बुद्ध चोक र नयाँ बजार काउन्टरवाट विक्री हुदै आएको छ। प्रतिलिटर १२० रुपैया उपभोक्ता मूल्य तोकिएको जानकारी एग्रो फार्म की प्रवन्ध संचालिका जानकी तिमल्सिनाले वताइन । उत्पादित दुधले उपभोक्ताको माग पुरा गर्न सकेको छैन । माग अनुसार दुधको आपूर्ति प्रवन्ध मिलाउने ३ स य वटा सम्म भैसी पाल्ने योजना तिमल्सिना दम्पतीको रहेको छ । हाल चाउथेमा निर्माणाधिन भैसी फारममा अझै ७० वटा भैंसी थप्नको लागि भौतिक पूर्वाधार निर्माण भइरहेको छ । ३ सय वटा भैसी र त्यसको भौतिक पूर्वाधार निर्माण तथा वजार व्यवस्थापनमा सात करोड रुपैया लगानी हुने फार्म संचालक दिपक तिमल्सिना ले जनाएका छन् ।
भैसी फार्मवाट वार्षिक ४० लाख रुपैया आम्दानी हुने भएपछि दाल गेडागुडीको उद्योगलाई भन्दा भैंसीपालन व्यवसायलाई प्राथमिकता दिएका तिमल्सिनाले प्रत्यक्ष परोक्ष रुपमा ३० जनालाई रोजगारी दिएका छन् । यद्दपि आफ्नो जानकी एग्रो प्रोडक्टवाट उत्पादित ठुटो, चोक्कर र गेडागुडीका खोस्टा र कच्चा पर्दाको दाना दुधालु भैंसीका लागि पोषिलो हुने गरेकोले एग्रो उद्योग निरन्तर संचालन गरिरहेको तिमल्सिनाले वताए ।
भैसी फार्ममा काम गर्न नेपालको तराई र भारतवाट कामदार झिकाएका छन् । भैंसीको स्याहार सुसार देखि दुध दुन अनुभवी भएका कारण तराइवासी कामदाहरु झिकाउन परेको वताइन्छ ।
नेपाल सरकारले पशु पंक्षीमा विमा निति ल्याएका कारण यो व्यवसायमा जोखिम न्यूनिकरण भएको छ । सरकारले किसानको गाई भैंसीका ७० प्रतिशत विमा वेहोर्ने भएपछि ३० प्रतिशत रकम विमा प्रिमियम वुझाए पछि ढुक्क सँग लगानी गर्ने वातावरण मिलेको व्यवसायी दिपक तिमल्सिनाले खुसी व्यक्त गरे । विमा नगरी कन गाई भैसी गोठमा ल्याँउदा जोखिम वढी हुने भएपछि राज्यले दिएको सुविधा सदुपयोग गर्न सवै किसानलाई तिमल्सिनाले आग्रह गरे ।
राष्ट्रिय व्यवसायिक पशुपालक किसान समाज कास्कीका अध्यक्ष समेत रहेका तिमल्सिना कास्कीमा व्यवसायिक ढंगले पशुपालन गर्ने हो भने आत्मनिर्भर हुन सक्ने दावी गर्छन् । राज्यले किसानलाई सहज र सरल ऋण दिने निति तय गर्नुपर्ने र व्यवसायिक किसानलाई समय सापेक्ष सहयोग उपलवध गराउनु पर्ने वताउँछन् ।
जानकी एग्रो फार्म तथा एग्रो प्रोडक्टका संचालक तिमल्सिना दम्पती सफल युवा व्यवसायीको कसीमा अव्वल सावित छन् । गत वर्ष राष्ट्रपति विद्या भण्डारीवाट राष्ट्रिय युवा पुरस्कार प्राप्त गर्न सफल दिपक तिमल्सिना आम नेपाली युवाहरुको लागि अनुकरणीय पात्र वनेका छन् । २–४ लाख कमाउन विदेशिने युवाहरुल्े आफ्नै जन्मभूमिमा पसिना वगाउने हो भने नहुने के छ र ?

सारंगकोट साप्ताहिक बाट साभार 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal