ताजा खबर

शान्तिको सन्देश लिदैँ हेमजाका युवाहरु :

पोखरा लेखनाथ महानगर पालिका वडा नं २५ हेमजा स्थितका युवाहरु हिजोआज शान्तिको सन्देश कार्यक्रम श्रवण गर्न निकै आतुर भएका छन् । शनिवार आत्मज्ञान प्रचार संघ हेमजाको आयोजनामा युवाहरुका निमित्त सञ्चालनको कार्यक्रममा उपस्थित युवाहरुले सो कुरा बताएका हुन् । 
कार्यक्रममा शान्ति दुत प्रेम रावतको शान्तिको सन्देश दृश्य चित्र देखाइएको थिए । दृश्य चित्र पश्चात युवाहरुले शान्तिको सन्देश कार्यक्रम हरेक व्यक्तिको लागि अपरिहार्य भएको बताएका थिए ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दे आत्म ज्ञान प्रचार संघ हेमजाका सुरेन्द्र श्रेष्ठले युवाहरुको माग बमोजिम कार्यक्रमलाई हरेक शनिवार सञ्चालन गर्ने सकिने बताउनुभयो ।  
कार्यक्रममा सहभागी जर्नादन सुवेदीले मनुस्य वन्नलाई मानवता चाहिने कुराको उल्लेख गर्दे मानव भित्रको मानवता उजागर गर्न जरुरी भएको बताउनु भएको थियो । 
यस्तै अर्काे सहभागी अमृता अधिकारीले आम युवाहरुलाई कार्यक्रम प्रेरणाधायी भएको बताउनुभयो । 
कार्यक्रममा पत्रकार सुदीप त्रिपाठी प्रतीकले शान्ति नखोज्ने कोही पनि नभएको बताउदै, पृथ्वीका हरेक प्राणी जीव जन्तु जनावर तथा वनस्पतिलाई शान्तिको आवश्यक भएको धारणा राख्नुभयो । उहाँले आफूले आफनो शान्तिको खोजी गरी रहँदा अरुको शान्ति पाउने अधिकारलाई पनि बुझनु पर्ने कुरा उल्लेख गर्नुभयो । 
यस्तै कार्यक्रममै सहभागी विष्णु पौडेलले आफूले शान्तिको सन्देश कार्यक्रम बाट सिकेको कुरा व्यवहारमा नउर्तानु भनेको खाएको भोजन व्यवहारमा उर्तान नसक्नु भएको बताउनु भयो । 
कार्यक्रममा युवा संघ हेमजाका अध्यक्ष लक्ष्मण रोकाहाले आफूले मात्र सिकेर जानेर नहुनै भन्दै युवाहरुक निमित्त उक्त कार्यक्रम सञ्चालन गर्न आत्मज्ञान प्रचार संघ सँग सहकार्य गरेको बताउनुभयो । 
आत्मज्ञान प्रचार संघ हेमजाका स्वयम सेवी खगेन्द्र थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो । 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal