ताजा खबर

हेमजामा निशुल्क परिवार नियोजन शिविर , ३९ जनाले स्थाथी र ६ जनाले अस्थायी रुपमा परिवार नियोजनको सेवा

जिल्ला जनस्वास्थ कार्यालय कास्कीको आयोजना र मेरी स्टोप इन्टरनेशनल को प्राविधिक सहयोगमा हेमजामा पौष २८ र २९ गते दुई दिन निशुल्क परिवार नियोजन शिविर सञ्चालन भएको छ ।
शिविरमा ३९ जनाले स्थाथी र ६ जनाले अस्थायी रुपमा परिवार नियोजनको सेवा लिएका छन् । जसमध्ये स्थायी तर्फ ३५ जनाले भ्याक्सेटोमी र ४ जनाले मिनी ल्यावको साधन प्रयोग गरेका छन् । स्थायी सेवा लिनेमा पुरुष ३५ जना रहेका छन् भने महिला ४ जना रहेका छन् । शिविरमा ६ जनाले अस्थायी साधन को प्रयोग गरेका छन् । जसमा पाँच बर्षे सेवा लिने ५ जना १२ बर्षे सेवा लिने १ जना भएको परिवार नियोजन अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो  ।
 जिल्ला जनस्वास्थ कार्यालय जन स्वास्थ अधिृकत सन्तोष पौडेल, पोखरा लेखनाथ महानगर पालिका स्वास्थ महाशाखा नर्सिङ अधिकृत कविता पौडेल र डा. विना गुरुङ सहित स्वास्थ कर्मी तथा महिला स्वास्थ सेविकाको सक्रियतामा शिविर सञ्चालन भएको हो । 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal